सामाजिक रुपान्तरणको सबैभन्दा राम्रो औजार लोकतन्त्रलाई दुनियाँले स्वीकारीसकेको छ । नेपालमा पनि असल समाजको निर्माण गर्न विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनहरु भएका छन् । व्यक्ति, समाज र देशको समग्र प्रगतिका लागि राजनीतिले नै सम्बोधन गर्ने गर्दछ । शोषण नभएको समाज निर्माण गर्न प्रजातान्त्रिक आन्दोलन र जनवादी आन्दोलनको चर्को रुप नेपालले खेप्दै आएको छ । प्रजातान्त्रिक व्यवस्थाको मूल्य, मान्यता र सिद्धान्तको आदर्शवादी कुरा गरेर नथाक्नेहरुबाट नै अप्रजातान्त्रिक कर्म गरेको यथार्थ मुलुकमा देखिँदै आएको छ । राजनीतिको मूल्य मान्यतालाई जीवन पद्धति बनाउन नसक्ने कुण्ठाग्राही बानी–व्यहोराले नेपालको लोकतान्त्रिक आन्दोलन अलमलिएको छ । सर्वसत्ताको मनोरोगले पीडित कथित लोकतन्त्रवादी र कथित क्रान्तिकारीहरुले राजनीतिक प्रतिस्पर्धाको संस्कारलाई व्यवहारमा देखाउन सकेनन् ।
दीर्घकालिन शान्तिको एकमात्र सामाजिक पद्धति लोकतन्त्र मात्र देखिएको छ । यो कुनै पनि विचारधारा भन्दा माथि हु“दोरहेछ । यसकै प्राप्तीका लागि नेपाली जनताले बारम्बार आन्दोलित हुनुपरेको छ । हुनपनि नेपालमा अधिकारको शोषण भएको थियो । संस्कृतिको शोषण भएको थियो । आस्था विचारको शोषण भएको थियो । श्रम र पसिनाको शोषण भएको थियो । त्याग र बलिदानको शोषण भएको थियो । सेवा र समर्पणको शोषण भएको थियो । शोषणकर्ता अभियुक्तहरु को थिए त ? नाफाखोरी व्यापारीहरु र तिनीहरुलाई सुरक्षा गर्ने भ्रष्ट शासन संयन्त्र । फरियावादी र स्वेच्छाचारी एकदलीयहरु । ओठे प्रजातन्त्रवादी र मनचित्तमा शक्तिका लोभीहरु । भाषण र आश्वासनहरुमा ‘श्रमजीवी’ भन्ने व्यवहारुमा ‘धन र गन’ लाई माया गर्नेहरु । यो प्रवृत्तिगत व्यवहारले असल समाज निर्माण हुन सक्दैन । राजनीतिक सर्वोच्चतालाई व्यवहारमा स्वीकार्न नसक्ने अतिवादी चरित्र पुनः देखिएको छ । शक्ति पृथकीकरणलाई नमान्ने तानाशाही चरित्र घुमाउरो ढंगले पुनः उदाउन खोजेको छ ।
समाजलाई ब्यारेकमा राखेर शासन गर्ने चेतनाले ‘असल समाज’ बन्न सक्तैन । चाहिने वर्गको राजनीतिक आवश्यकता अर्काले कोच्याएर स्थायित्व हु“दैन । व्यक्तिको विकास नभइकन समूहको विकास सम्भव नै छैन । समूहको विकासबाट मात्रै सामाजिक एकता निर्माण हुन्छ । सामाजिक एकता रष्ट्रिय एकताको पूर्वाधार हो । समाजभित्रको विविधतालाई खण्डित गरेर रष्ट्रियताको गफ पनि स्वार्थभित्रकै एउटा सोपान हो । हिंसा सबै मानवीय व्यवहारहरुलाई पक्षघात गर्ने अमानवीय चरित्र हो । हिंसाको आडमा हुर्केको राजनीतिक प्रपञ्च अरुलाई पनि सिकाउने धरोहर बन्न सक्छ । जो आज मुलुकमा विकसित भैसकेको छ । यो दीर्घ रोग बन्दै गएको छ । विश्वका दंगाग्रस्त मुलुकहरुको अवस्था देखी–देखी हाम्रो मुलुकमा पनि सल्काइयो ।
उकृष्ट समाज संचालक व्यवस्था माक्र्सवाद हो भनेर गरीबहरुलाई पढाउने अनि सत्तामा पुगेपछि आफू ढाढिने कस्तो प्रवृत्ति हो बुझिनसक्नु भएको छ । प्रजातान्त्रिक समाजवाद र माक्र्सवाद उपद्रव तथा वितण्डताको दर्शन होइन । ‘समृद्ध र सभ्य समाजका लागि माक्र्सवाद’ हो भने समाज निर्माणका अभियन्ता श्रमजीवी तथा यसका सहयोगी वर्गहरुलाई अपच हुने राजनीतिक गञ्जागोल किन ? सुशासन र समृद्धिको चिन्ता नभएका हठवादी पूर्वाग्रहीहरु एक्काइसौं शताब्दीका सैद्धान्तिक स्वा“ठहरुमा गनिँदैनन् र ? जसलाई शान्ति, समानता, भ्रातृत्व, भाइचारा, सहनशीलता, सिर्जनशीलता, सहिष्णुता, आदि व्यवहारहरु पाच्य हु“दैन । यसैमा त व्यवहार र प्रवृत्तिमा फरक आइरहेको छ । बोलीको अनुवाद स्वाभाव र प्रवृत्तिमा हुन सकेन भने ‘माक्र्सवाद’ होइन ‘शकुनीवाद’ मा रुपान्तरण हुन्छ । राजनीतिक दलका केही नेताहरुको आपसी द्वन्द्वका कारणले पूरै सामाजिक व्यवस्थालाई विकलाङ्ग तर्फ धकेल्ने दुस्साहस विदेशी शािक्तहरुको आड भएको हुनु पर्दछ । मलाइ एउटा सम्झना छ – गएको ६८ साल फागुन महिनामा डा. बाबुराम भट्टराईले ‘आºनो सरकारलाई अन्तर्राष्ट्रिय शक्तिहरुको पूर्ण समर्थन रहेको’ कुरा बताएका थिए । यो कुराको सत्यता आज पुष्टि हुँदै गएको छ ।
जालझेल गरेर शक्तिमा अडिरहने निरंकुश प्रवृत्ति नौलो होइन । जनता र राष्ट्रको हितमा दुई÷तीन वर्षको प्रधानमन्त्रीत्वकालमा केही पनि गर्न नसक्नु प्रधानमन्त्री तथा मन्त्रीहरुलाई कति पनि लज्जा छैन । जनताको सेवा र उनीहरुस“गको घनिष्ठतामा राजनीतिको शक्ति निहित हुनुपर्ने तर शक्तिको आडमा अवाञ्छित लसपसमै सत्ता दुरुपयोग हुँदै आएको छ । कल्याणकारी कामहरुले नागरिकहरुको सेवा गरिन्छ । अविरल र अविच्छिन्न कल्याणकारी काम लोकतान्त्रिक तथा क्रान्तिकारी रुपान्तरणको बलियो आधार हो । जनता र मुलुकका लागि हित हुने काम विविध वैचारिक पक्षहरुस“गको तीव्र प्रतिस्पर्धा र सशक्त पहलकदमीको एउटा स्थायी मार्ग हो । नियन्त्रण, दमन र हिंसात्मक उपद्रवले क्षणभरलाई न्यानोभूति हुन्छ । सेवा विनाको संघर्ष र युद्ध भनेको बिना बत्तीको अ“ध्यारोमा गुड्ने गाडी हो । पहलकदमी र प्रतिस्पर्धाको बाटो बिराइ बिब्ल्या“टो मार्ग हिंड्ने शक्तिहरु तानाशाही र अधिनायक चरित्रका हुन्छन् ।
परिवर्तन यातना होइन । आज नागरिकहरुले राज्य र शक्तिशाली राजनीतिक नेतृत्वहरुबाट यातना पाइरहेका छन् । राजनीतिक अस्थिरता, अशान्ति, मह¨ी, बत्तीहीनता, इन्धन अभाव, महिला हिंसा, विपन्नहरुको विचल्ली, कानुनहीनता, दण्डहीनता, असुरक्षा नागरिकहरुले भोगिरहेका यातनाहरु हुन् । खुशी जीवनका लागि नागरिकहरुले राजनीतिक दलहरुलाई अद्वितीय गुन लगाएका थिए । तर दलहरुले त्यो पैंचो तिर्न सकेका छैनन् । बरु दलहरु भित्रै रस्साकस्सी चुलिएको छ । अझ सम्पूर्ण समस्याहरुको समाधान गर्ने क्रान्तिकारी आशाहरु बा“ड्नेहरु भित्र नै धनयुद्ध भयो । आज यहि प्रवृत्ति र स्थापित संस्कारले जनतामा आक्रोश पैदा भएको छ । निर्वाचनका क्रममा यो आक्रोशको रुप के हुन्छ भन्न सकिने अवस्था छैन ।
जाबो सरकार नछोड्ने कुनै दल विशेष भित्रको कुण्ठाग्राही बानी कति रुखो छ । परिवर्तनको सपनामा लुटपुटिएर युद्धमा जीवनको उर्बर गति बिताइ जालमा परेका योद्धाहरुलाई राज्यको उपहार समेत लुटालुटको सनसनी खबर र दृष्यले शक्ति स्वार्थको परिपञ्चलाई उजागर गरेर विगतमा ल्यायो । यस्ता प्रवृत्तिहरुले प्रजातान्त्रिक एवम् परिवर्तनको मूल्य मान्यतालाई उजिल्याउ“छ कि खुइल्याउ“छ अनि यो आस्थाप्रति तृष्णा जाग्दछ कि वितृष्णा ? प्रजातान्त्रिक समाजवाद तथा माक्र्सको समृद्ध र सभ्य समाज निर्माणको परिकल्पनालाई मिथ्या बनाउन यि घटनाहरुले आलोचकहरुलाई प्रमाणहरु जुटाइ दिँदैछन् । लोकतन्त्रको आवरणमा फस्टाएको जब्बर प्रवृत्तिले कसैलाईको हित हु“दैन । उता समाजवादको दुन्दुभि बजाउनेहरुको पनि त्यस्तै प्रवृत्ति छ । यि सबै प्रवृत्तिगणहरुले आफूलाई सुधार गर्नु पर्दछ ।