लेख

ड्राइभर, देश र नेता

स्थानीय निर्वाचन संघारमै आइरहँदा पनि जनताको एउटा न्यारेटिभ रोकिएको छैन — नेता गतिला भएनन् । म अहिले यो न्यारेटिभमा एउटा इतिहासको पाना पल्टाउँदै छु र भन्दै छु — यसलाई एउटा तातो आरनमा राखेर परीक्षण गरिहेरौं । म अहिले यही परीक्षण गरिरहेको छु, साँच्चै हो कि क्या हो ! २०७० साल आषाढको प्रचण्ड गर्मी थियो । यसले हामीलाई विहान सबेरै उठेर हिंडन प्रेरित गर्दथ्यो । हामी बिहानै काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी यात्राको निम्ति निस्क्यौं । काभ्रेको बनेपा आइपुगदा मुख ह्वास्स गन्हायो । अमिलो पानी आयो । ढ्याउ आयो । आप्mनै मुख नमिठो भएकाले चिया खान मन लाग्यो र हामी सडकको छेवैको पसलमा पस्यौं । केहीबेर पर्खिनुपर्ने भयो दूध आइनपुगेकाले ।
हाम्रो गाडी सडकमा रोकेर राखिएको थियो । त्यहीबेला ड्राइभरले खला“सीलाई गाडीमुनि पसेर गाडी चेक गर्न भनेछ । खलाँसी गाडीमुनि पसेर चेक गर्दै थियो, ऊ बाहिर ननिस्किइकन ड्राइभर गाडी स्टार्ट गरेर अगाडि बढिगयो । दुईवटा टायरको बीचमा सुतेर ज्यान जोगाउन सफल भयो त्यो खलाँसी । ऊसको छातीमाथिबाट गाडी कुद्यो । मान्छे गाडीको राजमार्ग भएर पनि बाँच्न सक्दो रहेछ भन्ने पनि देखियो । उसको छातीलाई जन्माउने उसकी आमालाई मैले मुरीमुरी धन्यवाद दिएँ । एकाबिहानै भएकाले थोरै मान्छेले मात्र यो दृष्य देखे । हामीले चिया लिन बसेको होटलकी काम गर्ने आमै सबैभन्दा बढी उत्तेजित भएर त्यो ड्राइभरलाई आक्रमण गर्ने र गाडी जलाइदिने भन्दै होहल्ला गर्न थालिन् । उनको मानवीयता उर्लेर आएको देख्दा मलाई गर्व लाग्यो । म भावुक बनें । उनी कराउन थालिन् । उनी मजदुरको कुरा गर्न थालिन् ।
‘ए लौ मा¥यो त्यो नानीलाई बजियाले । कहाँ मुन्टे मान्छे ? ए आओ न, यो नानी म¥यो होला । यो ड्राइभरलाई बाहिर निकाल र टाउको फुटाइदेओ । यसको गाडी पनि जलाइदेओ ।’ उनी एकोहोरो कराइरहिन् । उनका आँखामा आँशु पनि थिए । उनी मातृवात्सल्यले भरिइन् । मानवताले उद्धेलित भइन् । पग्लिन् । तर के गर्ने, आप्ैंmले रिजर्भ गरेर ल्याएको गाडी † समस्याको समाधान पनि आफैँ खोज्नु प¥यो । ‘अमैं, बिचरा त्यो केटो कसरी बा“च्यो नि त’ उनी कराइरहिन् । यो दुनिया“को अनौठो घटना थियो । कुदिरहेको गाडीमुनि परेरै पनि मान्छे बा“च्न सक्दो रहेछ । पत्यार थिएन । उसलाई हातको कुहिनोमा दर्पm¥याएको बाहेक केही पनि भएको थिएन । मान्छे बा“च्नु पर्दा जसरी पनि बाँच्दो रहेछ । मर्नुपर्दा जसरी पनि मर्दो रहेछ । जीवनको लीला यसरी ‘जसरी पनि’ चल्दोरहेछ भन्ने लाग्यो । छातीमाथि बस कुदाएर ती खलाँसी बस्नेत भाइले यो कायर दुनिँयाको धज्जी उडाए । हाम्रो महानतालाई कुरीकुरी भन्दै थिए । हामी पनि त्यो ड्राइभर प्रति आक्रोशित भयौं । सबैजना रिसायौं । मुर्मुरियौं । भट्भटायौं । तर हामी आपैmँसंग, ड्राइभरको अनुपस्थितिमा मुर्मुरियौं । त्यो ड्राइभरलाई सत्तोसराप ग¥यौं । बहुला रहेछ पनि भन्यौं । म पनि उसका विरुद्धमा निकै आक्रोशित भएं । सबैजना उसलाई फटाहा भनेर अनेकौं पदावली लगाएर गाली गरिरहे । हाम्रो टिमका प्रकाश र कमलले अब यहाँ विप्लव मच्चिने छनक पाएर त्यो ड्राइभरलाई हतार हतार लिएर अगाडि बढाए गाडी । त्यो खलाँसीलाई केही पनि भएको थिएन । उसको कुइनामा मात्र दर्पm¥याएको थियो । अरु केही पनि भएको देखिएन जाँच गराउँदा । ‘हामी त यो गाडीमा नहिंडने ।’ सबै जना एकस्वरमा कराउन थाले । ‘किन ?’ मैले सोधें । ‘यसले हामीलाई पनि कहा“ लगेर जाक्छ । यसलाई हाम्रो माया“ छैन ।’ सबै आक्रोशित भए । त्यही बीचमा त्यो होटलमा गाडी लाइनका अर्का भलादमी आइपुगे र छिटोभन्दा छिटो त्यहा“बाट भाग्ने र त्यो केटाको उपचार तुरुन्त गर्ने सल्लाह दिए । चिया खान पसेका हामी चिया खान नपनइकन तितरवितर भयौं, सुइकुच्चा ठोक्यौं त्यहा“बाट । यो जीवनको तीतो अनुभूति र¥यो ।
हामी त्यो खला“सी भाइलाई ध्यान दिंदै अघि बढ्यौं । तर भाग्यवश, उसको ज्यान सुरक्षित रहन पुग्यो । फेरी हाम्रो ओठमा हाँसो छायो । हामी अघि बढिरहँदा त्यो गाडी र ड्राइभरले हामीलाई सताउनु सतायो । हरेक पचास किलोमिटर हिँडेपछि गाडी बिग्रिन्थ्यो । उसका टायर थोत्रा थिए । ट्यूव बाह्र ठाउँमा टालिसकिएका थिए । मैले कयौं पटक ‘ट्यूव र टायर फेर्नुपर्छ भाइ’ भन्दा उसले मजाकमा त्यो कुरा उडाउँथ्यो, ‘बूढो गोरु र बहर गोरु मिल्छ ?’ मलाई उसंग तर्क गर्नु भनेको पागलसंग कुरा गर्नु जस्तो लाग्थ्यो । हामी यात्रामा निस्किंदा गाडीको अगाडी बाँधेको ब्यानर निकाल्न लगाएर तल झुण्ड्याउन लगाएको त्यो ड्राइभरलाई मैले त्यो ब्यानर च्यातिन्छ, अलिक माथि नै टाँस्नु पर्छ भन्दा उसले मलाई ओठे जवाफ दिएको थियो, ‘हाम्रो नाक छोप्यो भने हामी बाँच्छौं ? यो इन्जिन पनि त्यस्तै हो, छोप्नु हुँदैन । यो तल बाँध्दा पनि थामिहाल्छनी †’ तर पाँच किलोमिटर नहिँडी त्यो ब्यानर च्यातियो । त्यो उसलाई देखाएँ, दाँत ङिच्च मात्र ग¥यो । त्यहाँदेखि मैले उसलाई कुनै पनि विषयमा तर्क गरिंँन । बोलाइनँ पनि ।
ड्राइभरको नियत गजबको थियो । केटी भएठाउँमा लुसुक्क पसिहाल्ने, अनि चन्द्रमालाई जस्तै प्रशंसा गरिहाल्ने गथ्र्यो । किनेर खुवाउँथ्यो केटीहरुलाई । हरपल तिनलाई मुस्कान छोडिरहन्थ्यो । ऊ यस्तो देखिन्थ्यो, मानौं ती सबै उसका गर्लफ्रेण्ड हुन् । उसको खुराफातीपन् हेर्दा उदेक लाग्थ्यो । एउटा लिची बेच्दै आएको तराई मूलको मान्छेले लिची दियो किन्न भनेर । ड्राइभरले त्यो लिची आप्mनो सिटबाट तान्यो, राम्रा राम्रा दाना हतार हतार टिप्यो र ‘भैया, तुम्हारे लिची अच्छा नहिं हे । लिजिए’ भन्दै फिर्ता गरयो । यो चरित्र घातक चरित्र देखेपछि मैले उसलाई आइन्दा यसो नगर्नु भनेर जनाउ पनि दिएँ, तर नम्र भाषामा । तर पनि उसका हर्कतहरु पmेरिएनन्, उसका प्रवृत्तिहरु फेरिएनन् । उसका आपराधिक मनहरु सङ्ंलिन सकेनन् । उसका सोचहरु पवित्र बन्न सकेनन् ।
जब घुम्ती आउँथ्यो, ऊ गाडीको स्पीड बढाउँथ्यो । उसलाई मन लाग्दा गाडी रोक्थ्यो, अरुलाई मन लाग्दा ऊ रोक्दैनथ्यो । उसलाई मन लाग्दा बाहना पारेर पनि रोक्थ्यो । टायर खोल्नु र लाउनुमा उसले लामो समय बिताउँथ्यो । हामी गाडीभित्र तातेर बस्नु पर्दा उकुसमुकुस हुन्थ्यौं । पैंतालिस जनाको टोली एक पटक गाडीबाट निस्किएपछि फेरी भित्र पसाउन घण्टौं लाग्थ्यो । यो दिक्दारको जिन्दगी थियो । हामी पूरै फायर थियौं ऊ प्रति । सबै उसका कुरा काटने गर्थे । तर सामुन्नेमा कोही पनि केही भन्दैनथिए । चुप हुन्थे । यो कसरी हुन्छ ? ऊ संग कोही पनि खुशी थिएन । कोही पनि संतुष्ट थिएन । उसको आकृति हेर्न पनि मन थिएन, त्यो पूरै टीमलाई । उसको लवजमा घृणा थियो । उसको रुपमा दिक्दारीपन थियो । तर पनि किन सबै चुप रहे ? किन म पनि उसलाई केही भनेर सुझाव दिन सकिरहेको थिइनँ ? गलत कामलाई औंल्याउन हामीलाई केले रोक्यो ? हामी कोही पनि उसलाई केही भन्ने र गाली गर्ने अवस्था रहेन । गल्ती गर्नेलाई पनि गाली गर्न नमिल्ने संगीन दुनियाँमा हामी राज गरिरहेका थियौं । त्यही दुनियाँलाई हामीले सभ्य र सुसंस्कृत सभ्यता भनिरहेका रहेछौं । किनभने उसको कुनै भर थिएन । कुनै पनि बेला उसले गाडी लडाइदिन सक्छ र आपूm फाल हानेर बाँच्ने प्रयत्न गर्ला भन्ने हामीलाई लाग्यो । हामी यत्तिका धेरै मान्छेको जीवन उसका दुइवटा हातमा र दुइवटा खुट्टामा थियो । एउटा मान्छेको हातमा यतिधेरै मान्छेको जीवन निर्भर भएपछि उसका विरुद्धमा को बोल्न सक्थ्यो ? उसको हातमा हामी ४५ जनाको जीवन थियो । मुर्मुरिएर पनि गाली गर्ने हिम्मत आएन ।
यो ड्राइभर र हाम्रा नेता एउटै हुन् भन्ने लाग्यो । मैले झलझली यिनीमार्पmत् हाम्रा नेताको रंग र संग देखें । ड्राइभरको विरासतमा हाम्रा नेताले यो सभ्यताको प्रतिनिधित्व गरेको देख्दा कुरीकुरी लागेर आयो । नेतादेखि जनता रिसाएका छन् । ती जनता रिसाए जब २००७ को परिवर्तनले तिनलाई केही दिएन । प्रजातन्त्र संस्थागत गर्न नसक्दा जनता रिसाए । २०३६ सालमा प्रजातन्त्रको ढाड भाँच्चिदा रिसाए । २०४६ पछिको प्रजातान्त्रिक अभ्यासमा गलत प्रवृत्ति हावी भयो र त्यो परिवर्तन पनि संस्थागत हुनसकेन र जनता रिसाए । २०६२/६३ को जनआन्दोलनले ल्याएका परिवर्तनहरुलाई संस्थागत गर्न नसकिरहँदा पनि जनता रिसाएका छन् । यतिखेर समग्र राजनीतिक कोलाज हेर्दा कोही पनि नेतासंग खुशी छैनन् । तिनले सामाजिक सद्भाव सके । राजनीतिलाई जातीय कोलाजमा हेर्ने महान शूत्रको आविष्कार गरे । स्वतन्त्र न्यायपालिकालाई सिंहदरबारमा छिराइदिए । सिंहरबारलाई न्यायालयमा लगेर छिराइदिए । भ्रष्टाचार तिनै गर्छन् । डनहरु पालेर दण्डहिनतालाई प्रोत्साहन पनि तिनै दिन्छन् । तस्करका पैसाको चलखेल पनि तिनै गर्छन् । सत्ताका लागि लुछाचुँडी तिनै गर्छन् । राष्ट्रियताको ख्याल तिनैलाई छैन । महंगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचारीलाई हातेमालो गरेर हिंडदा, मान्छेको लासको सगरमाथाको महाभारत रच्नेहरुलाई देवता पनि तिनैलाई भन्छन् । तर पनि जनता यिनको विकल्प खोज्दैनन् । खोज्नै सक्दैनन् । यो शिलशिला चलेको युगौं बितिसकेको छ तर पनि किन गाली गर्न सक्दैनन् तिनलाई जनताले ? यसको सटिक उत्तर के हो भने देशको समग्र अवयव राजनीतिबाटै नियन्त्रीत र स्वचालित हुन्छन् । राजनीतिले मुलुकका समग्र पाटालाई डो¥याएको हुनाले देशको समग्र भविष्य र बर्तमान यिनै नेताको हातमा छ, जसरी हाम्रो जीवनको बर्तमान र भविष्य त्यो चालकको हातमा थियो । आज हाम्रा नेताहरु एउटा ड्राइभरमा रुपान्तरित भएपछि त्यो भन्दा लज्जाको विषय के हुन सक्छ ? रिसाएर, थुकेर पनि निर्विकल्प कि त तिनै नेता भए, कि त तिनै गाडीका ड्राइभर भए । दुःखी मन पार्दै हामी तातोपानी पुग्यौं ।

Author

You may also like