लेख विचार/वहस

प्यारे, यो सबै भुलभुलैया

     ===== भन्न त भन्छन् मृत्यु सधैँ आकस्मिक नै हुन्छ । तैपनि चित्त बुझाउन किन गाह्रो हुन्छ ? यस्तो नभैदिएको भए हुने जस्तो लाग्छ । काम गर्दा गर्दा थाकेको नारायण दाजुको शरीर बल्ल अवकाशप्राप्त भएर आराम गर्न खोज्दैथियो । उहाँ आफ्ना मनमा लागेका कुरा गर्न जोसिँदै हुनुहुन्थ्यो तर त्यो मौका नै आएन । पूर्वीय दर्शन शास्त्र पढ्न रुचाउने र अनेकन श्लोकहरु गफका बीचमा घुसाएर ज्ञानका कुरा गर्ने उहाँको बानी थियो । उहाँको फिरङ्गी स्वभावबारे अहिले सोच्दा मलाई लाग्छ शायद उहाँलाई थाहा थियो यो संसार केवल भूलभूलैया हो र हामी रमिते मात्र । ======

डा. व्यन्जना शर्मा

मंसिर लागिसक्दा पनि मधेसमा जाडो आउन सकेकै छैन । बिहानीहरु भनें अलिअलि चिसा भएका हुन् कि ! केहि दिन अगाडि एक बिहान मर्निङ्ग वाकका क्रममा शीतल हावाले एक हल्को मीठो वास्ना लिएर आयो । मैले झिस्मिसेमा कुनै पूmलका बोटहरु वरिपरि देखिँन । सहयात्रीलाई सोधें, “यो यति मनमोहक बास्ना कहाँबाट आयो होला र क्षणभरमै बिलाइगयो होला ?” सहमतिपूर्ण भाव देखिए पनि सहयात्रीका आँखाले पनि कुनै बिरुवा ठम्याएनन् अनि नाकले पनि गन्धको जरो पहिल्याउन सकेन । त्यो अद्धितीय बास्ना हाम्रा मन मस्तिष्कमा भने बसिरह्यो ।

एक हल्को बास्ना

हो, त्यसै साँझ एउटा अनपेक्षित सन्देश सात समुद्रपारबाट आइपुग्यो । दूरभाषबाट प्राप्त समाचारमा मेरा श्रीमान्का सात दाजुभाइ मध्येमा भाइ नम्बर पाँच रहनुभएन । शारीरिक र मानसिक रुपमा अत्यन्त बलिया दाजु भर्खरै मात्र करिब दुइ महिना दमक बसेर अमेरिका फर्कनुभएको थियो । उहाँलाई हृदयघात भएको अपत्यारिलो समाचारले एउटा ठूलो परिवारलाई भावविह्वल बनायो । उहाँ पुनः नेपाल आउने र पुरानै थातथलोमा बाँकी अवकाशको जीवन बिताउने कुरामा प्रतिबद्ध हुनुहुन्थ्यो । आफ्ना जीवनमा आइलागेका अनेकन समस्यारुपी पहाडहरुलाई भत्काउँदै भर्खरै मात्र नियमित कामबाट अवकाश लिनुभएका हाम्रा आदरणीय र प्रिय नारायण दाजुको अप्रत्याशित निधनको समाचारसँगै उहाँका परिवारका सदस्य जेठानी दिदी र भतिज आशीषको अत्यास सम्झेर हामी अवाक् बन्यौं । यो दूरदेशको मृत्यु कति असहजपूर्ण र पीडादायी हुन्छ भन्ने कुरा मैले अष्ट्रेलियामा नै भोगिसकेकी थिएँ । त्यहिँ रहँदा रहँदै मैले मुँवा र बुवाको अप्रत्याशित देहावसानको पीडा सहन गर्नु र त्यसबाट उठ्नु परेको थियो ।

त्यो मर्निङ्ग वाकमा हाम्रा वरिपरि छरिएको एक हल्को फूलको बास्नाले हाम्रो जीवनको क्षणभंगुरतालाई इङ्गित गरेको थियो होला । आफ्नो समयको परिधिभित्र एक स्थानमा आपूmले पार्ने छाप नै शायद एक हल्को बास्ना होला ।

अझ त्यहिं बसौं, त्यो सुगन्धमा रमौं भन्ने विचार गर्दागर्दै हराइजाने यो जीवन नारायण दाजुकै शब्दमा भूलभुलैया होला । सानो खोलारुपी यो जीवन बहदै बहदै महासागरमा बिलाइजाने होला ।

यो कुरा बुझ्दाबुझ्दै, अवश्यम्भावी मृत्युको चरित्रबारेमा जान्दा जान्दै पनि यसले हरेक पटक हल्लाएर जान्छ । यसका पराकम्पनहरु लामो समयसम्म आइ नै रहन्छन् । हो, यसैबेला नजिकका साथीभाइ र आफन्तहरु मनले खोज्ने रहेछ । मृत्युकम्पले छियाछिया भएको मनले मल्हम खोज्ने रहेछ । साथीभाइहरुको आवतजावत प्रशस्तै भएको कुरा उता अमेरिकाबाट गुड्डी दिदीले सुनाउनुभयो रे । तर त्यसमा पनि अझ नजिक बनेर मनको छेउमै बस्ने मनीषा भतिजी क्यानाडाबाट दौडेर काकी भेट्न पुगिन् । घर भित्रको सदस्य हुनु र परिवारकी ठूली छोरी हुनुको कर्तव्यबोधले उनलाई दौडायो । उनले ठूलो परिवारको एकताको डोरीको त्यान्द्रो नयाँ पुस्तामा पनि कसिलो राख्नुपर्छ भन्ने सन्देश दिइन् ।

अतीततिर हेर्दा

जब म नारायण दाजुलाई सम्झन्छु, उहाँका अनगिन्ती योजना मेरा आँखासामु रङ्गीबिरङ्गी भएर नाच्न थाल्छन् । उहाँ भन्नुहुन्थ्यो, “म नेपाल आउँछु, नेपालमा पनि आफ्नै ठाउँ दमक आउँछु र यहिँबाट आफ्नो व्यापार बिजनेस चलाउँछु । घरको छेउमै एउटा पार्क खोल्छु, जहाँ मानिसहरु निस्फिक्री घुम्न सकून् । आफ्ना मनका पीडा एकछिन भए पनि बिर्सन सकून् ।” जीवनको उत्तरार्धतिर शायद मानिस आफ्नै ठाउँतिर फर्कन चाहन्छ होला । म विदेशमा बसेका मेरा साथीभाइसँग कुरा गर्दा यस्तै छनक पाउँछु । उनीहरु स्वदेशमै फर्किएर केही गर्ने इच्छा व्यक्त गर्छन् । नारायण दाजु पनि यसको अपवाद हुनुभएन ।

त्यसैले त यसपालि दमक आउँदा उहाँले फेरि फेरि आउँदा आपूmलाई सजिलो होस् भनेर एकसरो घरायसी सामान जोड्नुभएको थियो । उहाँको योजना यही फागुन महिनामा यता आउने र घर बनाउने थियो । यो कुराले हामी सबै उत्साही बनेका थियौँ । गुड्डी दिदी पनि फोनमा हामीलाई घण्टौं कस्तो घर बनाउने र के के गर्ने भन्ने कुरा सुनाइरहनुहुन्थ्यो । के यो योजनाले मूर्त रुप लेला अब ?

नारायण दाजुको मान्छेलाई आकर्षित गर्न सक्ने गजबको खूबी थियो । उहाँलाई जति आकाशपातालका कुरा गरेर मान्छेलाई पेट मिची मिची हँसाउन सक्ने कला हाम्रो परिवारमा शायदै अरु व्यक्तिमा होला ।

एकदिन कुरैकुरामा उहाँले भन्नुभएको थियो, “हाम्री सासूआमाले आफ्नो मृत्युपर्यन्त गर्नुपर्ने सबै कर्म आफ्नो जीवनकालमै गर्नुभयो । अब उहाँको मृत्युपछि, कसैले मृत्युसंस्कार गर्नुपर्दैन ।” उहाँको कुरा सुनेर मलाई ताज्जुब लागेको थियो र एउटा प्रस्ताव राखेकी थिएँ, “दाजु ! यसो गर्न मिल्छ भने हामी पनि सबै भेला भएर सामूहिक रुपमा आफ्नो मृत्युसंस्कार गरौं न है । यसो गर्दा हामी जहाँ र जुन परिस्थितिमा परलोक भए पनि कुनै समस्या हुने छैन ।” उहाँले मेरा कुरा सहर्ष स्वीकार गर्नुभएको थियो ।

मान्छेका उल्का उल्का नाम राख्न नारायण दाजुलाई कसैले भेट्न सक्तैनथ्यो । उहाँले अन्तिमपटक नामाकरण गरेको व्यक्ति “च्याप्रे” थियो । यो पात्रको कथा पनि गजबकै थियो । हुन चैं ऊ आपूmलाई निष्काम जोगी हूँ भन्थ्यो रे तर कुरैकुरामा बेलुका जसरी पनि घर पुग्नुपर्छ भन्थ्यो रे ! “जोगी” अनि “घर”को तालमेल उति मिलेको नसुनिदा दाजुले किन जोगीले घर जानुप¥यो भनेर सोद्धा उसले गजबको उत्तर दिएछ, “बेलुका त म जहाँ भए पनि घर पुग्नैपर्छ, नत्र बुढिया रिसाइहाल्छे नि ।” “ल च्याप्रे कस्तो जोगी हो तिमीहरु आपैmँ पत्ता लगाओ” भन्दै उहाँ गफको शीर्षक हामीतिर फ्याँकिदिनुहुन्थ्यो । एक दिनभरि हामीलाई उहाँले च्याप्रेसँग भेट गराइदिन्छु भनेर पर्खाउनुभयो तर अहँ त्यो पात्र देखा परेन । हामीले नारायण दाजुलाई हजुरले त्यतिकै यो च्याप्रेको कथा बनाउनुभयो त्यस्तो मान्छे नै छैन भनेर खे¥यौँ । यसरी च्याप्रेको अस्तित्वमाथि लागेको प्रश्नचिन्ह अब प्रश्नचिन्है बनेर रह्यो ।

नारायण दाजुका यस्ता अनगिन्ती सम्झनाले मलाई पछ्याइरहेछन् । फेरि पनि म लियो टोल्स्टोयको कथा “वट् मेन लिभ बाइ” सम्झिरहेछु । आफ्नो छेउमै आइसकेको मृत्युबाट अनभिज्ञ हामी कसरी पूरा नहुने भविष्यका योजना बनाइरहन्छौं ! गुड्डी दिदी र आशीष भतिजका अनुहार मेरासामू आउँछन् तर फोन उठाएर उहाँहरुलाई बोलाउने साहस मैंले जुटाइसकेकी छुइन ! धन्न मनीषा पुगिछन् ! मृत्युसँग यस्तो नजिकबाट साक्षात्कार भएका बेला सबैथोक छोडछाड गरेर एकान्तबास बस्नुजस्तो लाग्छ । तर बिस्तारै बिस्तारै सांसारिकताले छोप्दै ल्याउँछ । मनमा अनेक इच्छा उब्जिन्छन् । अनेक योजना बन्छन् । तीमध्ये कति त पूरा होलान् तर कति हराइजालान् ! आखिरमा यो जीवनको के छ र भर ?

केवल भूलभूलैया

भन्न त भन्छन् मृत्यु सधैँ आकस्मिक नै हुन्छ । तैपनि चित्त बुझाउन किन गाह्रो हुन्छ ? यस्तो नभैदिएको भए हुने जस्तो लाग्छ । काम गर्दा गर्दा थाकेको नारायण दाजुको शरीर बल्ल अवकाशप्राप्त भएर आराम गर्न खोज्दैथियो । उहाँ आफ्ना मनमा लागेका कुरा गर्न जोसिँदै हुनुहुन्थ्यो तर त्यो मौका नै आएन । पूर्वीय दर्शन शास्त्र पढ्न रुचाउने र अनेकन श्लोकहरु गफका बीचमा घुसाएर ज्ञानका कुरा गर्ने उहाँको बानी थियो । उहाँको फिरङ्गी स्वभावबारे अहिले सोच्दा मलाई लाग्छ शायद उहाँलाई थाहा थियो यो संसार केवल भूलभूलैया हो र हामी रमिते मात्र । अन्तमा दाजुप्रति श्रद्घान्जली ब्यक्त गर्दै उहाँले नै बारम्बार सुनाइरहने सन्त कबीरको एक दोहा ः

सब जग सूता नींद भरि,

संत न आवै नींद

काल खडा सिर उपरै,

ज्यौं तौरणि आया बींद

अर्थात, सारा संसार निन्द्रामा हुँदा पनि सन्तहरु जागै हुन्छन् । आफ्नो शिरमाथि काल उभिएको जान्दा जान्दै पनि उनीहरु यो मानव कायालाई असली टुङ्गोमा पु¥याइदिने मृत्युदेखि खुशी हुन्छन् ।

 

You may also like