लेख विचार/वहस

चितुवा, कागज र क्यामेरा

       ==== यिनले सरकार बनाउनु र गिराउनु, बहुमत ल्याउनु, चुनाव जित्नु, अमुक अमुक व्यक्तिलाई मन्त्री र सांसद बनाउनु, अमुक अमुकलाई सत्ता र शक्तिबाट धपाउनुलाई ‘राजनीति’ को परिभाषा दिएर राजनीति शब्दलाई कुरुप बनाए । ====

बाँस्कोटा धनञ्जय

अष्ट्रियाका कवि रेनर मारिया रिकरलाई म अहिले संम्झिरहेको छु । कारण, म उनको कविता ‘प्यान्थर’ (कालो चितुवा) दोहो¥याएर पढिरहेको छ । दोहो¥याउनु पर्ने कारण पनि भनि हालौं, म यो चिडियाखानामा थुनिएका कालो चितुवामा देश पढ्न चाहन्छु । विध्यार्थी छँदा एक पटक पढेको थिएँ, उति बुझेको थिइँन । आज फेरि पढें । कविता यस्तो छः

निरन्तर हिंडिरहेको फलामे बारबाट हेर्दा

उसका आँखाबाट केही पनि नदेख्ने भएको छ

लाग्छ, त्यहाँ हजारौं बारहरु छन्

र त्यो भन्दा पर अर्को कुनै संसार छैन ।

थुनिएको त्यो गोलो खोरमा

उसका पाइलाहरु नृत्य जस्तो लाग्छ

र उसको भयानक इच्छा निष्कृय भएर उभिएको छ ।

क्mहलिेकाहीँ मात्रै ऊ आँखाको नानीलाई डाक्ने पर्दा उघार्छ

र शान्त भएर ऊ एउटा चित्रभित्र प्रवेश गर्छ

हतारिंदै तन्किएको उसको मांसपेशी हुँदै ऊ

मुटुसम्म पुग्छ र त्यहीँ निस्तेज हुन्छ ।

चिडियाखानामा राखेको एउटा कालो चितुवा आँखा चिम्लिएर हिंडिरहेको देखेपछि अष्ट्रियाका कवि रेनर मारिया रिकरले यो कविता लेखेका थिए । चिडियाखानाको चितुवासंग शक्ति छ, आँट छ, हिम्मत छ, जोश छ, जाँगर छ, हैसियत छ र त्यो भन्दा बढी इच्छा पनि छ, बाहिर जाने । तर उसको भाग्य भने चिडिया घरमा कैद हुनुमा सीमित छ । ऊ कमजोर महशुस गरिरहेको छ, शरीर कुँजिएको छ । ऊ बाहिर जान खोज्छ, तर सक्दैन । त्यही भएर ऊ अर्धचेतन अवस्थामा त्यहीं आँखा चिम्लिएर यताउता हिंडिरहेको छ । ‘शक्तिशाली हुँ’ भन्नेहरुको हविगत यो कविताले बिम्बित गरेको छ ।

अनि यो कविता पढिरहँदा मैले स्वत्व गुमेको एउटा अविस्मरणीय पाना देखें । त्यो कालो चितुवाको स्वत्व गुमिसकेको थियो । ऊ चित्रमा र शरीरमा मात्रै चितुवा थियो । उसको आप्mनो भनेको केही पनि थिएन । न त उसका पाउहरु उसको वशमा थिए । न त उसको समाज उसंग थियो । न त उसको मौलिक घर उसंग थियो । न त उसको मौलिक चरित्र उसंग थियो । न त उसका आमाबाबु, न त भाइबहिनी, न त नातागोता र झुण्ड उसको समीपमा थिए । न त उसका दाÃा र नङ्ग्रा कुद्ने र शिकार गर्न गर्न सक्ने अवस्थामा थिए । न त उसको मौलिक आवाज थियो । न त उसको हिंडाई मौलिक थियो । न त उसको हेराई र आँखाको ज्योति मौलिक थियो । न त उसको लवाई र खवाई मौलिक थियो । न त उसको स्वास फेराई मौलिक थियो । सबै मौलिकता सकेर ऊ सिर्पm एउटा चितुवाको शरीर बोकेर चिडियाखानामा आउने पर्यटकहरुलाई सन्तुष्टि दिइरहेको थियो ।

उसको काम भनेको घुमन्ते मान्छेहरुलाई, पराइहरुलाई, डाँडापारिकाहरुलाई मनोरञ्जन दिनु हो । तिनका क्यामेरामा कैद हुनु हो । तिनका आँखामा चितुवा बनिदिनु हो । तिनका डायरीका पानामा सजिनु हो । तिनका मूल्याआँखामा चितुवा बनिदिनु हो । तिनका डायरीका पानामा सजिनु हो । तिनका मूल्याङ्कन पुस्तिकामा पर्नु हो । अनि चितुवा हेर्न आउने स्कूले बिध्यार्थीहरुलाई सूचना दिनु छ । तिनले हेर्ने छन् चितुवा कस्तो जनावर भनेर । र नोट गर्नेछन्ः

‘कालो चितुवा अमेरिका, एशिया र अफ्रिकामा पाइने ठूलो बिरालो हो । यी हर जग्गामा पाइन्छन्; मरुभूमि, हिमाल, ऊष्ण क्षेत्र । अहिले यी लोपोन्मूख जीवमा पर्छन् । यो ८ फिटसम्म लामो र २५० पाउण्डसम्म तौल भएको हुन्छ । मांसाहारी भएकाले यी जेको पनि सिकार गर्छन् । यी ठूलो गर्जन निकालेर कराउँछन् । यी एकान्तप्रिय जनावर हुन्, प्रजनन्का बेलामा मात्रै एक अर्कासंग भेट गर्छन् । गर्भाधान भएको तीन महिनामा चारवटा सम्म बच्चा जन्माउँछन् । यो रुखमा बाँदर जस्तै चढ्न सक्छ । अनि दुई तीन महिनामै यसका बच्चाले सिकार खेल्न सुरु गर्छन् । यिनको सिक्ने क्षमता छिटो र राम्रो छ । कालो चितुवाको दाह्रा र पञ्जा औधी दह्रा हुन्छन् र २० फिटसम्म फड्का मार्न सक्छन् । यिनको देख्ने र सुँघ्ने क्षमता औधी हुन्छ । यी १२ देखि २० वर्षको आयु लिएर आएका हुन्छन् …..।’

अब कालो चितुवाका बारेमा बिध्यार्थीहरुले यो चितुवालाई यो हालतमा देखेर बनाएको नोट कति प्राकृतिक होला ? आप्mनो सबै अस्तित्व मेटिएको एउटा चितुवाले वास्तविक चितुवाको कसरी प्रतिनिधित्व गर्न सक्छ ? अनि यो नोट बनाइरहेका विध्यार्थीहरुलाई टुलुटुलु हेरिरहेको यो चितुवाले बोल्न सक्ने भए के भन्थ्यो होला !! कि त्यो नोट च्यातेर प्mयाँकिदिन्थ्यो ? तर ऊ निरीह छ, ऊ वास्तविक जीवनबाट टाढा भए पनि कागजका पानामा त ऊ वास्तविक नै छैन त ? उसको स्वत्व गुमेर के भयो त जब ऊ कालो चितुवाको असली प्रतिनिधित्व गर्न पाइरहेकै थियो । यदि यो कुरा त्यो चिडियाखानामा राखेको कालो चितुवाले बुझ्ने क्षमता राख्ने हो भने, ऊ कति खुशी हुन्थ्यो होला जसरी आज नेपालका राजनीतिक दलका नेता खुशी भइरहेका छन् ! तर उसलाई थाहा छैन कि म आपैmँमा स्वत्व गुमाएको चितुवा क्यामेरा, कागज र आमसञ्चारका माध्यममा एउटा ‘जीवन्त र सग्लो’ चितुवामा रुपान्तरित भएको छु । छलाङ्ग मारेको छु । ब्रेकथ्रु गरेको छु । महान बनेको छु । असली चितुवा बनेको छु, उसलाई केही थाहा छैन ।

आज म यही कविताको यो स्वत्व गुमाएर पनि महान, जीवन्त, असली चितुवामा रुपान्तरित भएको चिडियाखानाको चितुवामा मान्छे पढिरहेको छु । आजका मान्छे पनि यसरी स्वत्व गुमेर पनि कागज, मिडिया र क्यामेराले ‘भरिपूर्ण’ बनाइएका छन् र तिनको इतिहास कसैले पनि लेख्ने छैनन् । आज महान क्रान्ति गरेको भनेर नथाक्नेहरुले देशलाई र जनतालाई के दिलाए ? तिनले यही आवरणमा आपैmँलाई सत्ता र शक्ति आर्जन गर्ने सूत्र बनाए । अनि नकारात्मक भाषाविज्ञानको बीउ रोपेर समाजलाई गाली गलौज र घृणाको कारखाना खोलिदिए । समाजलाई बिभाजन गरिदिए ।

अनि लोकतन्त्रको उच्चारण गरेर नथाक्नेहरु नवक्रान्तिकारी बनेर नकारात्मक भाषाविज्ञानको श्रीवृद्धि गर्नमै मज्जा मानिरहेका छन् । यी पनि गालिगलौजको भाषामा लिप्त भइरहेछन्, तर भन्न चाहिं प्रजातान्त्रिक भन्छन् । युरोपका प्रजातान्त्रिक दलका नेताहरुले कसरी बोल्छन्, बेलायतका बोरिस जोनसन कसरी बोल्छन्, अष्ट्रेलियाका स्कट मोरिसन कसरी बोल्छन्, जो बाइडेन कसरी बोल्छन्, भारतकै नरेन्द्र मोदी कसरी बोल्छन् हेरर, सुनेर सिक्न सकिन्थ्यो नि ! तर प्रजातन्त्र भन्नेहरु अग्रगामी हौं भन्नेहरुका देवता हुन चाहन्छन्, देश र जनताका होइन । नत्र ‘एमाले बढार्छौं’ भन्ने भाषा कुन सभ्य समाजको सभ्य मान्छेले बोल्छ ? ‘उन्नत लोकतान्त्रिक’ नेताले बोलेको यो भन्दा अप्रजातान्त्रिक र निरंकुश भाषा अरु हुँदैन । अनि ‘केपी ओलीलाई बालकोटमै थान्को लगाएर राख्छौं’ भन्ने एकतत्ववादी रामकुमारी झाँक्रीको यो भनाई र बहुतत्ववादीको ढोङ्ग पिट्ने गगन थापाको माथिको ‘एमाले बढार्छौं’ भन्ने भनाइमा कुन भिन्नता छ ? संस्कारमा, भाषामा, चिन्तनमा, व्यवहारमा, आक्रोशमा कुनै अन्तर छ ?

स्वत्व हराएको चिडियाखानाको त्यो कालो चितुवा जस्तै स्वत्व हराएका राजनीतिक दल र तिनका नेताहरुले सत्य धरातलको कसरी नेतृत्व गर्न सक्छन् । यिनको भौतिक आयाम छ त्यो चितुवाको जस्तै, तर त्यसको गुण सबै सिद्धिसकेको छ । यी फगत नेता हुन् । देख्नमा, सुन्नमा र पढ्नमा । त्यो कालो चितुवा जस्तै । यिनको कुनै स्वत्व छैन । यिनले सरकार बनाउनु र गिराउनु, बहुमत ल्याउनु, चुनाव जित्नु, अमुक अमुक व्यक्तिलाई मन्त्री र सांसद बनाउनु, अमुक अमुकलाई सत्ता र शक्तिबाट धपाउनुलाई ‘राजनीति’ को परिभाषा दिएर राजनीति शब्दलाई कुरुप बनाए । स्वत्व गुमेर पनि मुस्कुराइरहन्छन् बिहानदेखि बेलुकासम्म मिडियामा, कागजमा र क्यामेरामा ।

Author

You may also like