मनोरञ्जन

मिस युनिभर्सको ताज सुजितालाई

काठमाडौं १४ कार्तिक/ मिस युनिभर्स नेपाल २०२१ को ताज सुजिता बस्नेतले पहिरिएकी छन्। १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्।
विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएका छन्। सुजितालाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन्।
शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो। उमंग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गर्नेछन्।
कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए।
गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन्। प्रतियोगितामा नीनाकान्ता मण्डल फस्ट रनरअप‚ रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप र डा. केशु खड्का फोर्थ रनरअप घोषित भए।

Author

You may also like