विज्ञान/प्रविधि समाचार

फेसबुकको अर्काे नाम मेटा

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ ।
कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ । यो कम्पनीको स्वामित्वमा फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरुको नाम यथावत रहने छ ।
फेसबुकका एक पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले नयाँ नाम घोषणा गरेको हो । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ‘मेटाभर्स’ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका बीबीसीले जनाएको छ ।
मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्ने छन् । जुकरबर्गले कम्पनीको अहिलेको नामले आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको बताएका छन् ।

You may also like