कला/साहित्य/संस्कृति

साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् ।
स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहला प्रदान गर्ने निर्णय गरेको हो ।
प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ । यस वर्षको लागि शरीर विज्ञान तथा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने शान्ति र अर्थशास्त्रको पुरस्कारको घोषणा हुन भने बाँकी छ ।

यी हुन् नोबेल साहित्य पुरस्कार विजेताहरू
२०२०: लुइस ग्लक (अमेरिका)
२०१९:: पिटर ह्यान्डके (अस्ट्रिया)
२०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड)
२०१७: काजुओ इशिगुरो (बेलायत)
२०१६ बब डिलन (अमेरिका)
२०१५: स्वेतलाना अलेक्विच (बेलारूस)
२०१४: प्याट्रिक मोडियानो (फ्रान्स)
२०१३: एलिस मुनरो (क्यानाडा)
२०१२: मो यान (चीन)
२०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)
२०१०: मारियो वर्गास ल्वसा (पेरू)
२००९: हर्टा मुइलेर (जर्मनी)
२००८ जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
२००७ डोरिस लेसिंग (बेलायत)
२००६ ओरहान पामुक (टर्की)

You may also like