विज्ञान/प्रविधि

रियलमी स्मार्टफोन ८ आई बजारमा

नयाँ रियलमी ८ आई स्मार्टफोन बजारमा आएको छ । रियलमी आठ सिरिजले पाइरहेको भारी सफलतामा थप प्रयासस्वरुप रियलमी ८ आई बजारमा ल्याएको हो। यो स्मार्टफोन अन्य मोबाइल फोनभन्दा किफायती रहेको कम्पनीको दावी छ।
रियलमी ८ आई पहिलोपटक किफायती मूल्यमा उपलब्ध हुने भएको छ। यो १२० एचजेड अल्ट्रा स्मुथ इस्पेरियन्स लिएर आएको छ। शक्तिशाली, G96 प्रोसेसर, 120Hz डिस्प्ले र 7GB सम्मको Dynamic RAM भएको रियलमी ८ आईमा 18 W fast charge युक्त 5000mAh व्याट्री रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसले उत्कृष्ट प्रदर्शन गर्ने 120Hz refresh rate / 90.8% screen-to-body ratio सहितको 6.6 inch full screen मार्फत प्रयोगकर्तालाई आकर्षक viewing experience प्रदान गर्नेछ। यसले धेरै प्रयोगकर्तालाई ultra-smooth experience को मज्जा दिलाउने कम्पनीको दावी छ।
प्रोसेसर र स्क्रिन डिस्प्लेबाहेक रियलमी ८ आईले चार जीबी र्यामलाई ७ जीबीसम्म अपग्रेड (4GB+128GB भर्सनमा मात्र उपलब्ध) गर्न मिल्ने डीआरई प्रविधि, डाइनामिक र्याम एस्पान्सन सेवा उपलब्ध गराएको छ। कम्प्युटरबाट व्युत्पन्न डीआरई प्रविधि अहिले स्मार्टफोनहरुमा प्रयोग गरिएको छ। अब एपहरुमात्र हैन ब्याकग्राउण्ड प्रोसेस पनि द्रुत गतिमा चल्ने कम्पनीले बताएको छ।
दैनिकीमा कुनै अवरोध आउन नदिने रियलमी ८ आईले smooth experience उपलब्ध गराउँछ र यसमा रहेको 5000 mAh व्याट्री लामो समयसम्म चल्ने गरी अनुकूलित गरिएको छ। एकपटक चार्ज गरेपछि ४० घण्टा विनारोकावट कुरा गर्न सकिने बताइएको छ। पूरा व्याट्री
चार्जले एकहजार २०० वटा गीत सुन्न अथवा १८ वटा चलचित्र हेर्न सकिने रियलमीले जनाएको छ।
आधिकारिक रुपमा शुक्रबार लन्च हुने रियलमी ८ आईको मूल्य रु. २३,७९९/– (4GB/64GB) र रु. २७,१९९/– (6/128GB) को हाराहारीमा हुने कम्पनीले जनाएको छ। यी स्मार्टफोन सबै च्यानलहरुमार्फत उपलब्ध हुनेछ।
के हो रियलमी ?
रियलमी एक विश्वव्यापी उदीयमान उपभोक्ता प्राविधिक कम्पनी हो। यसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र AIoT बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ। यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र premium specs, quality र trend-setting designs सहितको lifestyle technology devices उपलब्ध गराउँदछ।
सन् २०१८ मा ‘Dare to Leap’ को नारासहित Sky Li ले स्थापना गरेको रियलमी विश्वको सातौं ठूलो स्मार्टफोन कम्पनी हो। सन् २०२१ को Q2 सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ। चीन, दक्षिण पूर्वी एसिया, युरोप, रुस, अस्ट्रेलिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोडभन्दा बढी रियलमीका प्रयोगकर्ता छन्।

You may also like