मनोरञ्जन

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित भिडियो भिडियो ‘माया पिरेम’ सार्वजनिक

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको भिडियो ‘माया पिरेम’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एरेञ्ज रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ ।
भिडियोमा साम्राज्ञीसँगै देलविस, राज र अलिसा शर्मा फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा उत्सव दाहालको छायांकन, शिलोन लम्सालको सम्पादन र कलर तथा माइकल चन्दको निर्देशन छ ।
भिडियोमा माइकल स्टेप अप आर्टस एकेडेमीको कोरियोग्राफी छ । ट्रि इन्टरटेनमेन्ट प्रस्तुतकर्ता रहेको भिडियोमा दिनेश दर्शनधारी र यशोदा राई निर्माता छन् ।

You may also like