खेल

टी-२० विश्वकपका लागि दर्शकलाई अनुमति

युनाईटेड अरब इमिरेट्स (युएई) तथा ओमानमा आगामी १७ अक्टोबरबाट हुने टी-२० विश्वकपका लागि ७० प्रतिशत दर्शकलाई अनुमति दिइने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद तथा भारतिय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईलाई युएई सरकारले ७० प्रतिशत दर्शक प्रवेशका लागि अनुमति दिएको हो। टी-२० विश्वकप १७ अक्टोबरबाट १४ नोभेम्बर सम्म ओमान र युएईमा हुने कार्यतालिका रहेको छ।​
आईसिसिका कार्यकारी निर्देशक (सिइओ) ज्याफ अलार्डिसले आफ्नो विज्ञप्तिमा युएई सरकारले दर्शकको उपस्थितिका लागि दिएको अनुमति र उनीहरुको सुरक्षामा देखाएको प्रतिबद्धता प्रति आभार ब्यक्त गरिएको छ। साथै उनले विश्वकपमा सहभागि सबै १६ देशका समर्थकहरु मैदानमा पुग्ने विश्वास पनि लिएको छ।
आयोजक रहेको भारतीय बोर्डले कोरोना प्रोटोकलको पालना गर्न सबैसँग आग्रह गरेको छ। बिसीसीआईका सचिव जयशाले भने ‘मलाई खुसी लागेको छ टी-२० विश्वकपमा दर्शकको उपस्थिति हुने भएकोमा युएई र ओमान सरकारलाई धन्यवाद दिन चाहान्छु। विश्वकपका लागि टिकटको बिक्री शुरु भएको छ। मेरो सबैसँग आग्रह छ मैदानमा प्रवेशका लागि सबै खालका प्रोटकलको पालना हुने छ।’
टी-२० विश्वकपको पहिलो खेल १७ अक्टोबरमा ओमान र पपुवा न्युगिनिबिचको खेलबाट हुने छ। सोहि दिन बंगलादेश र स्कटल्यान्ड पनि आमने-सामने हुने छन्। सुपर-१२ को खेल भने अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच २३ अक्टोबरमा हुने छ। भारत आफ्नो पहिलो खेलमा २४ अक्टोबर मा पाकिस्तानविरुद्ध खेल्ने छ।

You may also like