खेल

साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुग्यो

कतारमा प्रशिक्षणमा रहेको टोली त्यहीबाटै  माल्दिभ्स पुगेको हो। कतारमा नेपाली टोलीले प्रशिक्षण गर्नुका साथै ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो।
साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए। साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ। नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।

Author

You may also like