समाचार

सिटी तथा अटो चालकलाई पोशाक

दमक/ झापाको कमल गाउँपालिका वडा न. ५ ले वडाका सिटीसफारी र अटो चालकहरुलाई सवारी चालक पोशाक दिएको छ । वडा कार्यालयमा बुधबार संक्षिप्त कार्यक्रम गरी वडाका ५७ जना सिटी तथा अटो चालक मजदुरहरुलाई सवारी चालक पोशाक वितरण गरिएको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । चालकहरुलाई आप्mनो पेशामा प्रोत्साहित गरी सवारी संचालनका क्रममा सघाउ पु¥याउने उद्देश्यले चालक नामांकित ज्याकेट उपलव्ध गराइएको उनले बताएका छन् । चालक पोशाक हस्तान्तरण गर्दे वडाध्यक्ष निरौलाले वडाभित्रका थप सिटी तथा अटो चालकहरुलाई यसरीनै चालक पोशाक वितरण गरिँदै लैजाने उल्लेख गरे । कमलका ७ वटै वडामा गाउँपालिकाले सिटी तथा अटो चालक मजदुरहरुलाई चालक पोशाक वितरण गरिएको जनाइएको छ ।

Author

You may also like