विर्तामोड/ नेकपा एमाले विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँको कार दुर्घटनामा परी मृत्यु भएको छ । विर्तामोड नगरपालिका– १ का ४६ प्रसाईँ आफैंले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई भद्रपुर नगरपालिका–९ स्थित देवकोटाको सालिकको कम्पाउन्डमा शुक्रबार बिहान ११ बजेर ४० मिनेटमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी उनको बायाँ खुट्टा र भित्री शरीरमा गम्भीर चोट लागेपछि तत्काल उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनी बिर्तामोडबाट मेची राजमार्गको चारआली हुँदै भद्रपुरतर्फ आइरहेका थिए । दुर्घटनामा परेको उनको कारको अगाडीको भाग क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । प्रसाईकी श्रीमती पवित्रा महतारा प्रसाईँ विर्तामोड नगरपालिकाकी उपमेयर हुन् ।