हामी अहिले कोरोनको त्रासमा सरकारद्वारा घोषित ‘निषेधाज्ञा’ को उत्सव मनाइरहेका छौं । उत्सव यस अर्थमा पनि कि मानिसहरु यो समयलाई बिभिन्न तरिकाले सदुपयोग गरिरहेका छन् । कोही गीत र सङ्गीतको अनुपम रागमा छन् । कोही साहित्य पढिरेहेका छन् ‘यो मेरो लकडाउनको उपहार हो’ भन्दै । कोही फेसबुक र अन्य सामाजिक सञ्जालहरुमा ब्यस्त छन् । कोही टिकटकमा रमाइरहेका छन् । कोही टिभिमा नयाँ नयाँ कार्यक्रमहरु हेरिरहेका छन् । कोही परिवार संगै बसेर बिभिन्न परिकारका भोजनमा लीन छन् । कोही पढिरहेछन् अनेक प्रकाका पुस्तकहरु । कोही लेखिरहेछन् जताततै । मानौ तिनले लेख्न मात्रै जानेको छ । ती अनलाइन पत्रिकादेखि प्रिन्ट पत्रिकासम्म छोडका छैनन् । कोही पुस्तक लेखिरहेका छन् । कोही क्यारेम, चेर र तास खेलिरहेछन् घरभित्र बसेर । सबै ब्यस्त । सबै सिर्जनशील काममा ब्यस्त । तर म ?
अनि यसबेला म चाहिं निकै गतिलो काममा ब्यस्त छु । लगभग बेलुका त मेरो काम त्यतिनै हो भन्दा हुन्छ । त्यो काम कुनै सिर्जनात्मक होइन । कुनै फाइदाजनक पनि होइन । त्यो कामले मलाई कुनै पुरस्कार दिनेवाला पनि छैन । भन्न र गुणगान गाउन योग्य पनि छैन । लाजमर्दो काम छ । त्यो के भने एउटा विद्युतीय ‘ब्याट’ अर्थात् हान्ने जाली हुन्छ हातमा । र मैले त्यो घुमाइरहनु पर्छ चारैतिर । अनि आवाज आउँछ ‘प्याटाटाटाटा’ । त्यो ब्याटले मलाई हरेक दिन जर्मनीको होलोकोस्टमा पु¥याउँछ । र, मलाई एडोल्फ हिटलर बनाउँछ । अर्थात् जातीयताका नाउँमा लाखौं यहुदीहरु मर्ने नाजि जातिमा म रुपान्तरण हुन्छु । अर्थात् म नाजि बन्छु हरेक दिन । वाक्क पनि नलागेको ! अर्थात् म घरभित्रका मच्छरहरुले प्रताडित हुन्छु हरदिन ।
मैले घर बनाउँदा नै नारा लगाएको थिएँ, ‘अब घर मच्छर निषेधित क्षेत्र हुने छ ।’ लु जा त ! सरकारले मात्रै घोषणा गर्ने यस्ता क्षेत्रहरु मैले आपैंm घोषणा गरें आप्mनै घरमा । सबै ढोकामा जाली पल्ला हाल्न लगाएँ । अनि घर बनाउने ठेकदारलाई कुनै पनि भेन्टिलेसन राख्दै नराख्नु भनें भित्ताहरुमा । अनि बाहिर निस्किने तीनवटै ढोकामा बलिया जाली पल्ला हाल्न लगाएँ । र रमाएँ, ‘अब यो घर मच्छर निषेधित क्षेत्र भयो ।’
तर मेरो नारा एउटा राजनैतिक नारा जस्तो भयो । नारामै सीमित भयो यो नारा ।
घरभित्र मच्छरको साम्राज्य चल्न थाल्यो ।
मनिस भित्र बाहिर गर्दा ढोकाबाट छिर्दा रहेछन् ती । दिनमा सयौं पटक भित्र बाहिर गर्दा, वा ढोका आधा खोलेर अनि ढोकामै उभिएर ‘अनि के भनेर तिनले फोन गरेका थिए ? मलाई त गरेनन् । खाँचो पनि छैन….’ भनेर पाल्नुहुने महानुभावहरु त छँदैछन् । अनि केटाकेटीले लुकामारी खेल्ने कुरा त झनै उत्पातको भो । यी सबै मिलाउँदा दिनहुँ कतिवटा मच्छर घरभित्र प्रवेश गर्छन् ? कति भन्नु र ! सयौं, वा हजारौं ।
अनि ती छरिए घरभरि । सबै कोठामा । कुनाकाप्चामा । लुगााका पत्रमा । खाटका भित्तामा । टेबलका मुनि । सिलिङ्मा भएको प्mयानमा । दराजको पछाडि । पर्दाको कपडाभित्र । किताबका पछाडि । सोफाका मुनि र पछाडि । ती सबैतिर पुगे हाम्रो समाजमा परेका राजनीतिका बाछिटाहरु जस्तै, जुन बाछिटाले हानेर समाजका आयामहरुलाई मरणासन्न पार्छ ।
यसरी साम्राज्य पैmलाएपछि मेरो नारा घरलाई ‘मच्छर निषेधित क्षेत्र’ बनाउने नारामै मात्र सीमित रहेन, उल्टो भयो र बन्यो अर्को नारा पहिलेकोलाई विनिर्माण गर्दै ‘मच्छर स्वशासित क्षेत्र’ बन्न पुग्यो ।
तिनको टोकाइ पनि अद्वितीय रहन पुग्यो । सातो जानेगरी टोक्ने र उडेर टाढा नभाग्ने । रगत पट्टै फुटाउने । डावर उठाउने ।
यो त हदै भयो । एक जना साथीले एउटा उपाय बताए, ‘स्प्रे ल्याएर छर्कनू । सबै मर्छन् । अनि आनन्द हुन्छ ।’
सोचें, कसरी छर्कनु ? यो घर त उनीहरुको पनि हो । यो पृथ्वी उनीहरुको पनि हो । यसमा बाँच्ने हक त उनीहरुलाई पनि छ । हैट्, हुन्न । फेरि सम्भेंm, घरमा बस्नै गाÃो भो नि त ! सबै कुरा बिर्सिएर एउटा स्प्रे ल्याएर छर्कें सबैतिर ।
एकदिनलाई त भयो । भोलिपल्ट उस्तै भए । समस्याको हल भएन । त्यसपछि एउटा विद्युतीय ब्याट ल्याएर मार्ने योजना बन्यो । प्याटाटाटाटा । छिमेकमा सबैले सुन्ने गरी । तर दिनैपिच्छे कहाँबाट आउँछन् यसरी ? यो प्रश्न पेचिलो भयो । तर उत्तर भने सहज थियो — दिनैपिच्छ बिभिन्न ढोकाबाट भित्र पसेका तिनीहरु घर बाहिर निस्किन पाउँदैनन् । र ती त्यहीं अड्किन्छन् र सन्तान पनि बढाउँछन् ।
अर्थात् ती आउन त तीन वटा ढोकाबाट सहजै आउन सक्छन् । तर तिनलाई जाने बाटो कतै छैन । ती त्यहीँ थुनिन्छन् । किनभने ढोका मान्छे निस्किँदा मात्रै खुल्ने हुनाले तिनले मान्छेसंगै निस्किन पाउँदैनन् र थाहा पनि हुँदैन । ती थुनिन्छन् त्यहीं र थाल्छन् टोक्न । अनि म त्यही विद्युतीय ब्याटले हानेर मार्न थाल्छु । र म होलोकोस्टको हिटलर बन्न पुगेको छु । धिक्कार लाग्छ ।
म अहिले यी मेरो घरभित्रका मच्छरहरुको नियती पढिरहेको छु । तिनको भाग्य पढिरहेको छु । ती कति अभागी छन् ! ‘केही पाइने’ लोभमा फसेर ती एउटा यस्तो जञ्जीरमा फस्न पुग्छन् जहाँबाट फर्किेर आउन निकै मुस्किल हुने मात्रै होइन, असम्भव नै हुन्छ । आएपछि जान नपाउनेहरुको जीवन रहेछ तिनको । आएपछि बाँच्न नपाउनेहरुको जीवन रहेछ तिनको । आएपछि वा गएपछि फर्किन नमिल्ने दुःखीहरुको जीवन रहेछ तिनको । फर्किन्छु भन्दा पनि नपाउने । वा फर्किए पनि निकै क्षति भइसकेपछि मात्रै फर्किन मिल्नेहरुको जीवन पढें मैले ।
अनि फेरि पढें, हामी आफैंहरुको जीवन । हामी कयौं ठाउँ र परिवेशहरुमा जान्छौं खुशीसाथ । गौरवका साथ । राप र तापका साथ । ऊर्जा र हिम्मतका साथ । जोशका साथ । किनकि हामी त्यसलाई संसार ठानिरहेका हुन्छौं । त्यसलाई आनन्द र स्वर्ग ठानिरहेका हुन्छौं । किराका लागि बत्ती जस्तै हुन्छौं हामी र लाग्छौं त्यता । तर फर्किने बाटो थाहा हुँदैन । फर्किन सकिन्छ कि सकिन्न थाहा हुँदैन । त्यसलाई मतलव पनि गर्दैनौं । तर होमिन्छौं । र पस्छौं त्यो जञ्जीरभित्र जसरी मेरो घरभित्र मच्छरहरु सगौरव पस्छन् । हामी रुखको टुप्पामा पुग्ने कुरा मात्रै सोच्छौं, तर भरे कसरी ओर्लिएर आउने हो, कहिल्यै सोच्दैनौं ।
म यतिबेला पढिरहेको छु नेपलका राजनेताहरु । दशवर्षे जनयुद्धमा जानुमा जुन ग्ल्यामर थियो, टुप्पामा पुग्नु जुन गौरव थियो, आज फर्किँदा तिनको नेतृत्व गर्नेहरु कसरी सिक्रो बन्दै गए ? फर्किने ठाउँ साँघुरो बाटो भएकोले प्रचण्डले कयौं पटक पार्टीको नाम फेरे, एमालेसंग एकता गरें, माधव झलनाथहरुलाई लिएर आप्mनो प्रभुत्व पार्न खोजे । तर सबै असफल भए । जान त गए, आउने बाटो थिएन । ओलीलाई संसदमा मत नदिएर अर्को सरकार बनाउने बाटो पनि बन्द भएपछि अबको बाटो झनै साँघुरिँदै गएको छ । अर्को चुनावमा त्यो बाटो झनै साँघुरिने निश्चित छ उनको ।
माधव नेपाल सडकमा कार्यकर्ताहरुको भीड देखेपछि गएको गएकै भए । अध्यक्ष बन्नेदेखि प्रचण्डको रोडम्यापमा राजनीतिको भविष्य देख्ने दिवास्वप्नमा डुबेर गएको उनको फर्किने बाटो पनि साँघुरिँदै गएको छ । ‘बहुमत ओलीतिर होइन, मतिर छ’ भन्ने मान्छे घट्दै घट्दै सीमित मान्छेहरुमा आइपुगेपछि उनको बाटो यति धेरै साँघुरियो कि आप्mैँले हटाएको अध्यक्षलाई विधाता मानेर हिँडनु पर्ने भयो । अर्को चुनावमा त अझ भनौं, उनको बाटो अभैm साँघिुरिने छ ।
हर मानिसहरु यसरी जान्छन्, चढ्छन्, भित्र पस्छन् अनि फँस्छन् । निस्किने कुनै बाटाहरु रहँदैनन् । कोही राजनीतिका केही दर्जन शब्दावलीमा फसेका छन् र जीवनभर तिनै शब्दको वरिपरि जीवन र जगत देख्छन् । कोही कुनै नेताको सामीप्यमा फँस्छन् र जीवनभर तिनकै गुणगान गाएर बिताउँछन् । कोही कुनै भावना वा विचारको पोखरीमा फस्छन् र जीवनभर तिनै कुराहरुको राग अलापेर जीवन बिताउँछन् । हेर्छु, सबै गएका छन्, आउन नसकिने गरी । मलाई नै हेर्नुहोस् न, यो काला अक्षर लेख्न भनेर पसेको थिएँ एसएलसी पास गरेपछि । आजसम्म म त्यहीं फसेको छु । बाहिर निस्किन पनि पाउँदिन । ‘सर, एउटा रचना पठाइदिनु न’ भनेर पहिला फोन आउँथे, अचेल इमेल आउँछन् । हैरानमा छु । यो निषेधाज्ञामा पनि परिवारसंग बसेर मीठा गफ गर्ने, परिकार बनाएर खाने भाग्य खोसिएर यी अक्षरहरुसंग ल्याङ्ल्याङ्ग ग¥यो, बस्योमा छु म अहिले । अर्थात् म पनि अहिले मेरा घरका मच्छर जस्तै भएको छु । गएँ, तर निस्किने बाटो छैन ।
आज म यस्तै गएर निस्किन वा आउन नपाउनेहरुको कथा लेख्दै छु । हवस् त ।