समाचार

नर्वेकाे भिषा त्यागेर माेरङका युवाले सुरू गरे ड्रागन फ्रुट्सकाे व्यवसायिक खेती

उर्लाबारी/ नर्वेको भिसा त्यागेर मोरङ बेलबारीका एक युवक ड्रागन फ्रुट्सको खेतीमा लागेका छन् ।

बेलबारी नगरपालिका–८ का तारा सापकोटा नर्वेको भिसा त्यागेर कृषि पेसामा लागेका हुन् ।

वैदेशिक रोजगारीका लागि उनले १३ लाख रुपैयाँ ठीक पारेका थिए ।

तर, नगरपालिकाले कृषिलाई प्राथमिकता राखेपछि खेतीमा जुटेका उनले ड्रागन फ्रुट्सको खेती सुरु गरेका हुन् ।

ड्रागन फ्रुट्सको खेती गर्ने सापकाटा बेलबारीका पहिला कृषक हुन् ।

सापकोटाले वैदेशिक रोजगारीमा जानका लागि तयार गरेको १३ लाख रुपैयाँ ड्रागन फ्रुट्समा लगानी गरेका छन् ।

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सापकोटाले सुरु गरेको ड्रागन फ्रुट्सका बिरुवा रोपेका थिए ।

ड्रागन फ्रुट्सका बिरुवा रोप्दै मेयर सुवेदीले आफ्नै माटोमा पसिना बगाउन चाहनेलाई सहयोग गर्न नगरपालिका तयार भएको बताए ।

कृषिलाई नै लक्षित गरेर नगरपालिकाले विनाधितो सहुलियत कर्जावापत २ प्रतिशत ब्याजदरमा समूहमा खेती गर्नेलाई ५ लाख ऋण समेत दिने कार्यक्रम अगाडि बढाएको उनले बताए ।

बेलबारीमा रहेका बैकसँग नगरपालिकाले सहकार्य गरेको छ ।

You may also like