कला/साहित्य/संस्कृति देश–समाज मनोरञ्जन सामाजिक सञ्जाल स्वास्थ्य

नायिका रेखा थापाले ४ महिनामा २० केजी शरीरकाे ताैल घटाइन्

rekha_thapa

नेपालमा एक समय थियो जतिबेला रेखा थापा हेर्नकै लागि हलसम्म पुग्ने युवा । उनी नेपाली चलचित्रकी चर्चित नायिका तथा निर्माता पनि हुन् । उनि सामाजिक संजालमा भने धेरै जसो सक्रिय रहन्छिन् । यतिबेला उनको शरीरको फिट्नेशको चर्चा भइरहेको छ ।

मोटोपना भएका मानिसका लागि शरीरको तौल घटाउनु भनेको निकै सकसपूर्ण मानिन्छ । शरीरका विभिन्न भागमा लागेको बोसोसँगै शरीरको तौल घटाउन निकै समय लाग्छ । कतिपय त तौल घटाउने क्रममा अझ तौल बढ्ने गर्छ । मानिसहरु शरीरलाई स्लिम राख्न बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् ।

यस्तै, अभिनेता लगायत अभिनेत्रीहरु पनि शरीरलाई स्लिम बनाउन मिहेनत गरिरहेका हुन्छन् । नेपाली चलचित्र क्षेत्रकी निकै चर्चा कमाएकी तथा चर्चित अभिनेत्री रेखा थापाले पनि केही महिनादेखि आफ्नो मोटो शरीर स्लिम बनाउनमा लागेकी छिन् ।

खानपिन र व्यायममा ध्यान नदिँदा शरीर मोटो हुँदै गएपछि यतिबेला उनले आफ्नो मोटो शरीर घटाएकी छिन् । नायिका रेखा थापाले लकडाउन भित्र ४ महिनामै आफ्नो २० किलोे तौल घटाएकी छिन् ।

कोरोना संक्रमणको बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम गर्ने गरेको उनी बताउछिन् ।
ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु पनि केही समयदेखी सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
नले सामाजिक सञ्जालमा अभ्यास गरेका तस्बिरहरु शेयर गरिरहेकी छिन् । उक्त तस्विर हामिले हजुरमाझ उपस्तित गरेका छौँ ।

Author

You may also like