दमक, झापा गौरादह बालुबथान ५ निवासी राजु निरौलाको केहि महिना अघि बाइक दुर्घटनामा परि कम्मर मुनिको भाग नचल्ने भएपछि उपचार गर्न धेरै रकमको आवश्यकता परेपछी सहयाेग संकलन गर्न थालिएकाे छ ।
गत भदौ २३ गते बाट सुरू गरिएकाे राजु निरौला बचाउ अभियानका अभियान्ताहरु नेपालबाट निराजन के. सी र अमृत(बिरबल) कार्की कोरिया बाट मनोज अधिकारी, चिरन्जीवी रिजाल,ज्ञानेंद्र(शशी) चेम्जोङ,निकेश शेर्मा र गंगा अधिकारी सहितका पदाधिकारीहरुको सक्रियतामा राजु निरौला बालुबथान बचाऊँ अभियान सन्चालनमा ल्याइएको थियो।
उक्त बचाउ अभियान समितिले हिजो बिरामीक़ो घर गौरादह-५ बालुबथानमा पुगि लोकप्रिय ब्यक्तित्व ,समाजसेबि मदन अधिकारीको रोहबरमा जम्मा भएको संकलित रकम रू ३,६६,८६९.००अक्षेरेपी तिन लाख छैसठी हजार आठ सय ऊनानसत्तरी रुपैया निराजन के. सी. र अमृत(बिरबल) कार्कीले बिरामीको श्रीमती माया निरौलालाइ सयुत रुपमा हस्तान्तरण गर्नुभएको हो।
अभियानमा सहयोगी हात्तहरु जो देस बिदेश रहेर पनि बिरामी र बिरामिको परिवारलाई परेको आपत बिपत दुःख पिडालाई आफ्नो पिडा महसुस गरी मलहम लगाऊँन अगी बढेर यो अभियानलाई यहाँ सम्म सफल पार्न सहयोग गर्ने हातहरु ठुलो भुमिका रहेको छ भन्दै अभियानका सकृय ब्याति निराजन केसि ले धन्यवाद र बिरामी निरौलालाइ स्वास्थ लाभको कामना गरे।
के सि ले भने अझै निरौलाको उपचारको लागी सहयोगको खाँचो छ तसर्थ सकेको सहयोग गर्न पनि सबैमा अपिल गरेको बताइएको छ।।
निराजन केसिको सक्रियतामा केहि बर्ष अघि पनि सुरज शाह बचाउ अभियान सन्चालन गरेर ६ लाख भन्दा बढी रकम परिबारलाइ हस्तान्तरण गरिएको थियो।।