समाचार

दमक वडा नम्बर ३ द्वारा प्लाष्टिक टनेल बितरण

दमक/ दमक नगरपालिका वडा नम्बर ३ मा टनेल बितरण गरिएको छ ।
तरकारी खेतीमा आत्मनिर्भर गराउन दमक नपा वडा नम्बर ३ ले किसानलाई प्लाष्टिक टनेल वितरण गरेको हो ।
किसानलाई टनेल हस्तान्तरण गर्दै दमक नगरपालिकाका मेयर राेमनाथ ओलीले बिषादी रहित तरकारी व्यवसायिक रुपमा उत्पादन गर्ने कृषकलाई नगरले सहयोग गर्दै आएको बताए । उनले जुन उद्देश्यले सामग्री सहयोग गरिएको छ सोहि अनुरुप सही ठाउँमा प्रयोग गर्न आग्रह गरे । उनले आयस्तर बढाएर कृषिबाटै आत्मनिर्भर बन्न किसानलाई अनुरोध गरे । साेही क्रमममा नगरपालिकाकी उप मेयर गीता अधिकारीले कृषि सामग्री पाएका सबै कृषकले मिहिनेतका साथ काम गरेर तरकारी खेतीबाट सफलता लिन अनुरोध गरेकी छन् ।
अनुदानमा प्राप्त गरेको सामग्री लाई सहि ठाउमा प्रयाेग गरी उत्पादनमा बढाउन अनुराेध गर्दै वडा अध्यक्ष नबिन बरालले बासकाे टनेल निर्माण सम्पन्न गरेका १ सय २१ जना किसानलाई प्लाष्टिक टनेल वितरण गरिएको बताए । उक्त कार्यक्रममा दमक नगरपालिकका कार्यकारी अधिकृत गणेश तिम्सिना वडा सदस्य, स्थानियबासी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Author

You may also like