समाचार

दमकका आशिष खनालको मृगौला प्रत्यारोपणका लागि सहयोगको अपिल

दमक/ दमक ५ का ३४ वर्षीय आशीष खनालको दोस्रो पटक मृगौला फेल भएपछि काठमाडौंको सामाखुसीमा उपचाररत छन् ।

८ वर्ष अघि आशिषलाई भएभरको जायजेथा बेचेर उनकी आमा प्रेमकुमारी खनालले आफ्नो मृगौला दिएर बचाएकी थिइन् । ५८ वर्षीय प्रेमकुमारीले दिएको त्यो मृगौला पनि फेल भएपछि खनाल परिवार दुखिभएका छन् । ६६ बर्षीय बुवा धर्मानन्द खनाल र प्रेमकुमारी खनालका कान्छा छोरा हुन् आशीष ।
२६ वर्षको उमेरमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएका आशीष काठमाडौं बस्दै आउनेक्रममा २०७६ साल मसिंरदेखि उनको प्रत्यारोपण गरिएको मिर्गौलामा पनि समस्या आएपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न डाक्टरहरुको सुझाव दिएका छन् ।


आफ्नो शरीरको वास्ता नगरी सन्तानको मायामा आफ्नो मृगौला परित्याग गर्नुभएकी प्रेमकुमारी अहिले ६० बर्षको हाराहारीमा हुनुहुन्छ तर मिर्गौला दिएको ८ बर्षपछि छोरा आशिष फेरि मृगौलाकै कारण ओछ्यान परेकाले उनलाई फेरि बज्र परेको छ । आशीषकी पत्नी र ५ बर्षीय छोरा छन् । बुबाको शारिरीक अवस्था त्यति बलियो छैन । तर पनि आमा, श्रीमति र परिवारका अन्य सदस्यहरुको साथ सहयोगले आशिषको जीवन बाँच्ने आशा भने मरेको छैन ।
दमकबाट खनाल परिवार आफ्नै बलबुँता र आफन्तहरुको साथ सहयोगमा काठमाडौं गएको केहि महिना भयो । दैनिक ४÷५ सय रुपैयाँको औषधी सेवन गर्नुपर्ने, हप्तामा दुई पटक ३/३ हजार रुपैयाँ खर्चिएर डायलोसिस गर्नुपर्ने बाध्यता छ । पहिले पनि मृगौला प्रत्यारोपण गर्नका लागि घरखेत बेचेर १४÷१५ लाख सकिएपछि अब भने दाजुको उपचारमा सहयोगका लागि सबैसँग बिन्ती बिसाउनुको बिकल्प नभएको उनकी बहिनी कल्पनाले बताइन् ।

अामाबुवाबाट टिका ग्रहण गर्दै अाशिष

कल्पना भन्छिन्– ‘दाजुको मायासँगै भाउजु र ५ वर्षीय छोराको भोलिको बिजोक हेर्न नसकिने भएकाले दाजुलाई अझै परिवारबाटै मृगौला दिएर भए पनि बचाउँनैपर्छ त्यसका लागि नियमित उपचार र मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।’

अाशिषकाे सानाे परिवार ।

खनाल परिवारको पुरानो थाक थलो इलामको मंगलबारे हो । आशिषले इलामको सूर्योदय शिक्षा निकेतनमा अध्ययन गरेका हुन् । उनको उपचारका लागि सहयोग गर्न चाहने जो कोहीले विरामी आशिषसंग सोझै ९८६१२२३४८८ वा दमकमा बहिनी कल्पनालाई ९८१३७९०६१० मा सम्पर्क गर्न सकिने वा बुबा धर्मानन्द खनालको प्रभु बैंक दमक शाखामा रहेको खाता नं ०१४०१०००३६००७०००००१ मा सोझै सहयोग रकम जम्मा गर्न सकिने पनि पारिवारिक श्रोतले जनाएको छ ।

Author

You may also like