देश–समाज राजनीति सामाजिक सञ्जाल

लकडाउनमा फुर्सदिलाे भएका प्रचण्ड आफै खाना पकाउँदै – पूर्वसन्देश

वैशाख १ । पुष्पकमल दाहालको खाना बनाउँदै गरेको तस्बीर सार्वजनिक भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षले एक जना थारु समुदायका व्यक्तिले दिएको माटोको चुल्होमा दाउरा बालेर खाना पकाउदै गरेको दृष्यमा सार्वजनिक भएकाे हाे ।

सामान्य पहिरन भेष्ट, ट्राउजर र चप्पलमा रहनुभएका अध्यक्ष प्रचण्ड मुढामा बस्नुभएको छ भने छोरी गंगा र ज्वाई जीवन आचार्य पनि पकाउन सहयोग गरिरहेको दृष्य तस्बिरमा देखिएको छ ।

नयाँ वर्ष २०७७ सालको पहिलो दिन सार्वजनिक भएको तस्बिरमा लकडाउनको समयमा घरमै क्वारेन्टाइन बस्नु भएका अध्यक्ष र उनको परिवार फुर्सदिलो भएको अनुमान गर्न सकिन्छ ।

You may also like