गौरादह । नेपालमा मानिने साँस्कृतिक पर्वको सम्मिश्रणले जातीय एकता मजबुत हुँदै गएको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मतकुमार कार्किले बताएका छन् ।
बुधवार विहान गृहनगर गौरादहमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले सो कुरा बताएका हुन् ।
पुर्वका चेलीवेटीले मान्ने तिज पश्चिममा मनाउन थालिएको र पश्चिममा मानिने देउडा पुर्वमा मनाउन थालिएको ले जातीय एकता मजबुत हुदै गएको मन्त्रि कार्किले बताए ।
मन्त्री कार्कीले कुनै पनि पर्वलाई जाति विषेशको घेराभित्र भन्दा बाहिर राखेर जति फराकिलो बनाउन सक्यो उतिनै जातीय एकता मजबुत हुदै जाने बताए । जातीय एकताले नै विकास निर्माण अगाडी बढ्ने र त्यो राज्य आर्थिक सामाजिक दृष्टिकोणले पनि मजबुत हुने उनले बताए ।
नेपाल नयाँ युगमा प्रवेश गरेसँगै प्रदेश नं. १ मा सबैभन्दा बढी ४२ वटा कानुनको निर्माण भै सकेको बताए । उनले भने–‘हामीले बनाएका कानुन अन्य छ वटा प्रदेशको भन्दा उत्कृष्ट ।’
प्रदेशको राजधानी टुंसिकेको र नामाकरणमा केहि ढिलो भएपनि सबै जनाताको अपनत्व हुने गरी हिउदे अधिवेशमा नामाकरणको टुङ्गो लगाउने कार्कीले जानकारी दिए ।
प्रदेशको गौरवको योजनामा रहेको किमाथाङ्गका जोगमनि सडकको ट्रयाक खोल्ने काम नेपाली सेना लाई दिई सकिएकोले यसलाई भविश्यमा ४ लेनको सडक बनाएर त्रिदेशीय सडक सन्जालकोरुपमा विस्तार गर्न प्रदेश सरकार लागिपरेको समेत मन्त्री कार्कीले बताए ।