दमक । विश्वभर कोरोना संक्रमणबाट १ लाख ८ हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ भने । त्यस्तै, १७ लाख ७१ हजार ५ सय १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार १ लाख ८ हजारको मृत्यु र १७ लाख ७१ हजारलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, ४ लाख २ हजार २ सय ७० जना उपचारपछि निको भएका छन् ।
पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ । त्यहाँ अहिलेसम्म ५ लाख २६ हजार ३ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।