समाचार

दमकको आकाशे पुल सेल्फी खिच्ने ठाउँ मात्र बन्यो

दमक/२ करोड लगानीमा बनेको दमकको आकासे पुलमा यतिबेला फोटो खिच्न आउनेहरुको भीड नै लाग्ने गरेको छ ।
सडक क्रस गर्न सजिलो हुने भन्दै निर्माण गरिएको उक्त पुल युगल जोडीहरुको फोटो खिच्ने गतिलो स्थान बनेको छ । २ करोड लगानी गरेर जुन प्रयोजनका लागि पुल बनाइएको त्यो प्रयोजनमा प्रयोग नभएपछि प्रेमी प्रेमीकाको फोटो खिच्ने स्थान मात्र बनेको हो ।
स्थानीयहरु माधव ढकाल भन्नुहुन्छ–‘बाटो क्रस गर्न त्यत्रो पुलमाथि चढेर ओर्लने झन्झट कसैले गर्दैन त्यसैले तलको जेब्रा क्रसिङबाटै सजिलो छ यो पुलको त्यत्रो खाँचो थिएन’

 

Author

You may also like