मादक पदार्थ सेवन गरेर सवारी चलाउने दुई चालक पक्राउ

बाराः मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने दुई चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले सवारी चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ग्यास ट्ंयाकरका चालक भारत बिहार मोजफरपुर चौघट्टा बस्ने बिनोद दुवे र यात्रुबाहक बसका चालक बाराको प्रसौनी गाउँपालिका–९ बस्ने जयराम साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.