देश–समाज

जीप दुर्घटना एक जनाको मृत्यु

पाल्पा, पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य चार जना घाइते भएका छन् ।

शुक्रबार साँझ रामपुरबाट यात्रु बोकर नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६ , स्थित निरन्दी खोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४, बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ

दुर्घटनामा परि गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार राति मृत्यु भएको हो ।

दुर्घटनामा परि देवचुली–१०, बस्ने २७ वर्षीय आशीश खनाल,१९ वर्षीय सूचना पाण्डे, देवचुली–१, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीय संगिता पोख्रेल घाइते भएका छन । घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

You may also like