देश–समाज विचार/वहस स्थानीय

गुफाबासीका प्याजी प्रधानमन्त्री

आज म यो एउटा क्रुर समयको रेखामा उभिएर बोलिरहेको छु । यो समयले के मागेको छ भनेर लेखाजोखा गर्न पनि कहाली लाग्छ । समयभन्दा बलियो कोही पनि छैन, थाहा छ । समयभन्दा अकल्पनीय चिज केही पनि छैन, त्यो पनि थाहा छ । समयभन्दा लोभलाग्दो चिज अर्को कुनै छैन, त्यो पनि थाहा छ । समयभन्दा उटपट्याङ्ग चिज अर्को कुनै छैन, त्यो पनि थाहा छ । त्यति हुँदा हुँदै पनि आज म समयको गीत लिएर आएको छु । समयको कथा लिएर आएको छु । समयको नाटक लिएर आएको छु । समयको हाँसो लिएर आएको छु । समयको आँसु लिएर आएको छु ।
यो समयको क्यानभासमा अहिले सबै अकल्पनीय कथा बोकेर आएको सिर्जना भनेको राजनीतिको साहित्य हो । त्यो साहित्य उत्तरवर्ती छ । त्यो साहित्य पाठक केन्द्रित छ । आज यही राजनीतिको साहित्य पढिरहेका छन् आज मान्छे । सामाजिक सञ्जालदेखि पत्रपत्रीका सबै यही साहित्यमा ‘लठ्ठ’ परेका छन् । ती खोजिरहेका छन् ‘प्याज ताछेर त्यसको दिउल’ । तिनले प्याजको बोक्रा उप्काइरन्छन् । बिहानदेखि बेलुकासम्म । बेलुकादेखि बिहानसम्म । ती ताछिरहेका छन् अस्तिको चुनाउदेखि । यो सरकार बनेदिेखि । यी प्रधानमन्त्री बनेदेखि । यो मन्त्री मण्डल बनेदेखि । ‘आगो’ भएर तास्छन् प्याजको बोक्रा । रातो न पिरो हुन्छन् । कराउँछन् । माइतीघर मण्डला ‘कब्जा’ गर्छन् घरिघरि । वरिपरि ‘युटुवे’ हरू राख्छन् । प्रचार गर्न हर प्रयत्न गर्छन् । अनि गालीको बर्षा बर्षाउँछन् । अनेक थरिका नाम राख्छन् । सराप्छन् । रातारात लागेर ‘खुइल्याउने कुनै सूत्र’ छकि भनेर खोजिरहन्छन् । अनि आप्mना अभिव्यक्तिहरू सामाजिक सञ्जालमा कति ‘भाइरल’ भएर भनेर बेलाबेलामा अनुगमन गरिरहन्छन् ।
कतिवटा बोक्रा ताछि सकियो पत्तो छैन । हिसाव छैन । ‘अब त गुदी भेटिएला’ कि भन्यो, भेटिँदैन । फेरि अर्को पत्र पो आइदिन्छ । सारा लागेर त्यो पत्र उप्कायो, खुई काढ्यो, हे¥यो, फेरि त्यही अर्को पत्र आइदिन्छ । हैरान भइयो ।
प्रधानमन्त्रीलाई सत्तोसराप ग¥यो, मूर्ती बोल्ला, ऊ बोल्दैन । उसको ‘खामोसी’ ले बिपक्षीहरूलाई ‘नामेट’ पारिसक्यो । कामै मात्र गर्छ । बिहानदेखि बेलुकासम । अफिसमै हुन्छ । अरूलाई पनि काम लगाउँछ । कामबाहेक अरू केहीमा ध्यान छैन । कसैको कुरा पनि सुन्दैन । ‘कराइरहने कागहरूलाई’ बाल पनि दिँदैन । कसैलाई गाली पनि गर्दैन । नकारात्मक भाषा पनि जान्दैन । खुराफाती पनि जान्दैन । कुनै बिदेसी एजेन्टहरूलाई पनि भेट्दैन । सामाजिक सञ्जालमा हरेक पटक ‘नेपाली उत्पादन’ को ‘प्रमो’ गरे जसरी आप्mना फोटा हाल्छ र नेपाली उत्पादनलाई मिनेटमै सारा जनताको मनमा बास गराइदिन्छ । करोडौंको सामाजिक सञ्जालको पोस्टमा पु¥याइदिन्छ । ‘नेपाली मन’ को ‘प्रमो’ गरिरहन्छ । उसले आप्mनो दलको नामभन्दा देशको नाम धेरै लिन्छ । आप्mनो दलको सभापतिको नामभन्दा देश बनाउने ‘पुर्वज’ हरूको नाम लिन्छ । अष्टूेलियामा २०१९ को आम चुनावबाट प्रधानकन्त्री बनेका स्कट मोरिसनको ‘बिजयी’ भाषण प्रत्यक्ष सुनेको थिएँ । त्यहाँ उनले ४४ मिनेट बोले, तर एक पटक पनि आप्mनो दलको अध्यक्ष र आप्mनो दलको नाम लिएनन् । उनले हजारौं पटक सिर्पm आप्mनो देशको नाम लिए । ‘देश बनाउने प्रधानमन्त्री त यस्ता पो हुन्छन्’ भनेर मैले उतिखेरै ‘पूर्वसन्देश दैनिकमा’ लेख लेखेको थिएँ । थुक घुटुघुटु निलेको थिएँ । मेरो देशले यस्तो प्रधानमन्त्री कहिले पाउला भनेर कल्पना गरेको थिएँ । आज आप्mनै देशको प्रधानकन्त्री त्यही बाटोमा हिंडेको देखें । बालेन शाहलाई स्कट मोरिसनको बिम्बमा देखिरहेको छु म अहिले । यिनलाई दलभन्दा देश ठूलो लाग्छ । र हो पनि ।
म सम्झिन्छु हिजोका ती कुरूप समयहरू । अनि ती समयका आयाहरू ।
हिजोका प्रधानमन्त्रीहरू बिहानदेखि बेलुकासम्म आप्mनै ‘दलका’ मान्छेहरूसंग जनतालाई ‘दल्न’ सिकाउँदै तिनैसंग लठारिरहेका हुन्थे । तिनलाई ‘कमाउने’ बाटो बनाइदिन्थे । तिनैका आफन्त र सुभचिन्तकहरूलाई मात्र भेट्थे । सरकारी निवासलाई ‘दलको कार्यालय’ बनाउँथे । सरकारी कार्यालय सिंहदरबार कहिलेकहीं मात्रै जान्थे । त्यहींबाट ‘देश चलाउँथे’ । त्यहींबाट सरकार बनाउँथे । त्यहींबाट सरकार ढाल्थे । त्यहींबाट दल ‘एकीकरण’, ‘व्दिकरण’, ‘कहुकरण’ अनि फेरि ‘बिघटन’ गर्थे । त्यहींबाट सबै कुराको ‘बाँडफाँड’ गर्थे । भाग लगाउँथे ‘राज्यका सबै सम्यन्त्र’ हरूको । ‘बोल्न बाहेक’ केही कुरामा ध्यान दिदैनथे । ती सिर्पm बोल्थे । ‘गाली शिरोमणी’ को पद पनि पाउँथे । तिनले जेमा पनि बोल्थे, बोल्ने पनि बोल्थे, नबोल्ने पनि बोल्थे । प्रहसनमा भन्दा धेरै हँसाउँथे । ‘इज्वोइ’ हुन्थ्यो तिनले बोल्दा । आप्mना दलका कार्यकर्ता ‘पोस्नु’ अहं धर्म सम्झिन्थे । तिनैको ‘रक्षा’ गर्थे । तिनका कार्यकर्तालाई ‘बाहृ हातका ठाँगाले’ पनि छुँदैन थियो । तिनको का मभनेको सिर्पm आप्mनो दलको नाम लिनु थियो । आप्mनो दलको प्रशंसा गर्नु थियो । आप्mनो दलका सारा कार्यकक्रमहरूमा पुग्नु थियो । तिनलाई ‘आश्वासन’ दिनु थियो । तिनले ‘अपराध’ गरे पनि ‘छुटाउनु’ थियो । अनि तिनै कार्यकर्ताको ‘मनमा’ बस्नु थियो । तिनैसंग रमाउनु थियो । तिनैको ताली खानु थियो । बस्, यति काम गर्ने मान्छे ‘सबैभन्दा योग्य प्रधानमन्त्री’ हुन्थ्यो । यति ‘योग्य’ हुनको लागि तिनले न्यायधिस पनि आपैंm हुनुपथ्र्यो । पुलिस प्रशासन पनि आपैmं हुनुपुथ्र्यो । वकिल पनि आपैंm हुनपथ्र्यो । ‘कार्यकर्ता छुटाउ विभाग’ माथिदेखि तलसम्म गठन गर्नुपथ्र्यो । अनि यति काम गर्न पाइएन भने ‘सरकार ढाल्ने’, ‘सरकार बदल्ने खेल’ सुरू हुन्थ्यो । अनि हामी त्यसलाई ‘संबृधिको बाटो’, ‘समाजवाद उन्मुख’ समय भनेर ताली पड्काउँथ्यौं । यस्तै ‘दुकान’ चल्थ्यो, हामी यस्तैमा रमाउँथ्यौं । प्लेटोको ‘गुफामा बस्ने मान्छे’ जस्तै । ती मान्छेले पनि ‘सूर्यको वास्तविक प्रकाश’ लाई ‘यो प्रकाश नै होइन, यो फेक हो’ भनेर छाँयाँलाई नै वास्तविक प्रकाश मानेर युगौंयुग बिताएका थिए । यतिसम्म कि, ती गुफाबासीमध्ये एउटा मान्छेले गुफाबाट ‘बाहिर’ निस्किएर वास्तविक प्रकाश देख्छ, र फेरि गुफाभित्र जान्छ र तिनीहरूलाई ‘यो प्रकाश त वास्तविक प्रकाश होइन, त्यो त गुफा बाहिर छ । यो त प्रकाशको छाँयाँ मात्रै हो’ भन्न मात्र के भ्याउँछ, उसलाई ‘पागल’ भनेर ती गुफबासीले नै मारिदिन्छन् । रियल प्रकाश देख्नु पनि अभिसाप नै हुन्छ भन्ने पनि हो ।
हामी पनि प्लेटोका ‘गुफाबासी’ भएछौं जस्तो लाग्छ । त्यही भएर एउटा मान्छेलाई अनेक कुरूप नाम राखेर गाली र सराप दिइरहेका छौं । अनि ‘राजीनाम दे’ भन्दैछौं । किनकि हिजोका समयका आयामहरू अहिले खोजिरहेका छौं । हिजोका ‘मस्ती’ खोजिरहेका छौं । हिजोका ‘सुविधा’ खोजिरहेका छौं । त्यसैले हामीलाई अहिले सत्ताबाट बाहिरिनुको पीडा छ । रातदिन ‘एैंठन’ भइरहेको छ । किनभने छाँयाँलाई नै वास्तविक प्रकाश मानेर आइयो सात दशकदेखि । अहिले त त्यो फेक हो पो भन्छन् त, गाँठे । कसरी सहनु ?
त्यही भएर यस्तो लाग्छ, अहिलेको प्रधानमन्त्री गुफाबासीहरूको प्रधानमन्त्री हुन् । यो देश, यो संसार, यो सभ्यता भन्नु नै प्लेटोको त्यो ‘गुफा’ नै हो ।
दमक, झापा

Author

You may also like