भक्तपुर , भक्तपुरको सूर्यविनायक–८, भातेढिकुरमा मिनी बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्कर भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भइ हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल छन् ।
काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनी बसले विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकलर्लाइ ठक्कर दिएको थियो । मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएकाृ जानकारी प्राप्त भएको छ ।