काठमाडौं , पाँच देशीय टी–२० सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा नेपाल र आयरल्याण्डबीचको खेल बिहान सवा एघार बजे शुरु हुनेछ ।
अघिल्ला दुई खेल जितेको नेपालले तेस्रो खेलमा बलियो टिम आयरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । हङकङ र नेदरल्याण्डलाई हराएको नेपाल आज लगातार तेस्रो जीतको खोजीमा हुनेछ । तर नेपाललाई आयरल्याण्डलाई हराउज त्यति सहज छैन ।
नेपालले अहिलेसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन । नेपाल दुई खेलमा चार अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।