देश–समाज

एक घरमा तीनजना मृत

सुनसरी , सुनसरीको इटहरीस्थित एक घरमा तीनजना मृत फेला परेका छन् । दशैंको टीकाको दिन सुनसरी–१७ स्थित घरमा श्रीमान राजेश शर्मा, उनकी श्रीमती पुनम र ६ वर्षीया छोरी स्वस्तीका मृत भेटिएका हुन् ।

राजेश झुण्डिएको अवस्थामा र श्रीमति र छोरीको शव बाकस र बोरामा फेला परेको हो । श्रीमानले श्रीमति र छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक श्रीमान श्रीमतीबीच लामो समयदेखि झगडा चलिरहेको थियो । दुवैबीच केही समय अघि मात्रै प्रहरीमा मिलापत्र भएको प्रहरीले जनाएको छ ।

You may also like