काठमाडौँ, जनकपुर उपमहानगरपालिका(४ जनक चोकबाट लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका(४ जनक चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट ९ पिस सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सबैला नगरपालिका(३ बस्ने २० वर्षीय प्रबिण कुमार यादब, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेका छन् । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले स।१० प ८८९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।