सुरक्षा

गोरु चोरेर काटिरहेको अवस्थामा चार जना पक्राउ

भक्तपुर, भक्तपुरमा गोरु चोरेर काटिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । जिल्लाको मध्यपुर थिमी– १ मनोहरामा रहेको एक गोठमा बाँधेको बहर गोरू चोरी गरी मनोहरा खोला छेउमा गोरू काटी भाग लगाउदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर फिदिम न.पा. वडा नं. ६ बस्ने बर्ष ४२ को जगत कुमार थापा मगर, सोही जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ३३ को नरेश लिम्बु, सोही स्थानका बस्ने बर्ष ३७ को बसन्त लिम्बु र पाँचथरकै याङवरक गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४४ को सागर भन्ने सन्त कुमार बेघा रहेका छन् । महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोईरालाका अनुसार उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट मासु काट्न प्रयोग भएका औजारहरु समेत बरामद भएको छ । पक्राउ परेकाहरुलाई मंगलवार जिल्ला अदालत भक्तपुरमा पेश गरी पशुपंक्षी सम्बन्धि कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक कोईरालाले बताउनुभयो ।

You may also like