सुरक्षा

वडाध्यक्षका छोरालाई छुरी प्रहार गर्ने एक जना पक्राउ

धरान, धरान –१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरालाई छुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ धरान ९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैंचीले दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पसलमा कपडा हेरी रहेका लिम्बूलाई प्रहार गरी गम्भीर घाइते बनाएपछि फरार रहेका मियाँलाई आज धरान–२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घाइते पुजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Author

You may also like