सांसद मोहम्मद अफताव आलम पक्राउ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद मोहम्मद अफताव आलम पक्राउ परेका छन् । करिब १२ वर्षअघि हत्या आरोप लागेका सांसद आलमलाई प्रहरीले आइतबार रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो । आलम रौतहट निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

आलममाथि २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप छ । मृतक दुई जनाको परिवारले दिएको जाहेरीका आधारमा आलमलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.