मनोरञ्जन

अभिनेत्री प्रियंका चोपडाको कमाई कति

बलिउड अभिनेत्री प्रियंका चोपडा भारतको सबैभन्दा बढी कमाई गर्ने र लोकप्रिय सेलिब्रेटीमा पर्छिन् । प्रियंका सन् २००० की मिस् वल्र्ड पनि हुन् । उनले राष्ट्रिय फिल्म अवार्ड र पाँच फिल्मफेयर अवार्डसँगै अन्य थुप्रै अवार्डहरु प्राप्त गरेकी छिन् ।

जमशेदपुर, बिहारमा जन्मिएकी प्रियंका अहिले ३७ वर्षकी भइन् । प्रियंकालाई सन् २०१७ र २०१८ मा फोब्र्सले सबैभन्दा शक्तिशाली महिलाको सूचीमा राखिएको छ ।

प्रियंकाको वार्षिक आय ३४ करोड २२ लाख र कुल सम्पत्ति अर्ब ८३ करोड अनुमान गरिएको छ । उनीसँग ५ करोड ६५ लाख पर्ने रोल्स रोयस घोस्टको गाडी, ४ लाख पर्ने गुलाबी रङको हार्ले डेभिडसनको बाइक र भारु १ करोड ४ लाख पर्ने पोर्श कायेनको कार छ ।

प्रियंकाले पाँच मिनेट नृत्य प्रदर्शनका लागि ४–५ करोड लिने गरेकी छिन् । उनको औसत फिल्म पारिश्रमिक १२ करोड छ । उनी प्रति ब्रान्ड समर्थनको ५ करोड लिन्छिन् । प्रियंकाको आफ्नै पर्पल पेबल पिक्चर्स नामको फिल्म निर्माण कम्पनी पनि छ ।

अन्धेरी (डब्लु) अवस्थित वास्तु प्रेसिन्क्ट भवनको दोस्रो तलामा र कर्मीयोङ्ग भवनमा पनि प्रियंकाको भव्य र आलिशान फ्ल्याट रहेको छ । हलिउड गायक निक जोन्ससँग विवाह गरेपछि प्रियंका न्यू योर्कस्थित आफ्नो पतिसँग एनवाईसि भवनको भव्य अपार्टमेन्टमा बस्छिन् । उनीसँग मुम्बईमा नौ अपार्टमेन्ट र गोवामा तीनवटा बंगलाहरु छन् ।

प्रियंकाले २००३ मा रिलिज भएको फिल्म द हिरोबाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनले बलिउडलाई बर्फी (२०१२), बाजीराव मस्तानी (२०१५), फेसन (२००८), मेरी कोम (२०१४), जय गंगाजल (२०१६) जस्ता धेरै हिट फिल्महरु दिएकी छिन् । उनले हलिउडमा फिल्म क्षेत्रमा पनि यतिकै अबल छिन् । उनले बलिउड र हलिउडमा थुप्रै फिल्महरुमा अभिनय गरेकी छिन् ।

You may also like