जंगली च्याउ खाँदा पाँच जना बिरामी

पाल्पा, पाल्पामा जंगली च्याउ खाएर दुइ परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् ।

मंगलबार साझ रामपुर नगरपालिका–४, खोप्टारका दुई परिवारका रामपुर ४ खोप्टारका ३९ वर्षिय तुलबहादुर मल्ल, सोही स्थानका ५३ वर्षिय ठगबहादुर खाँड, १४ वर्षका अनुप थापा, ३४ वर्षिया केशरी मल्ल र ११ वर्षका शंकर खाँड बिरामी भएका हुन् ।

च्याउ खाएर बिरामी भएका पाँच जनाको रामपुर अस्पतालमा सामान्य उपचार पछि शिद्धबावा अस्पतालमा रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published.