लागूऔषध सहित एक जना पक्राउ

धनुषा, जनकपुर उपमहानगरपालिका–१३ मुजेलिया बस्ने २२ वर्षीय सन्तोष कुमार मण्डललाई अवैध लागूऔषध गाँजा करिब १० ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट ५३ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी वालुवाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका–७ वालुवाबाट उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.