समाचार

अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा विहीबार शिलान्यास गर्नुभएको छ । बिहीबार प्रधानमन्त्री ओलीले बालुवाटार भित्र बन्न लागेका नयाँ प्रधानमन्त्री निवासको शिलान्यास गर्नु हो ।

शिलान्यास कार्यक्रममा बोल्दै आफ्नो कार्यकाल उक्त भवन बनाउँदैमा सकिने बताउँदै अबका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने र त्यसका बाबजुद धेरै प्रधानमन्त्रीले उक्त भवनमा आफ्नो कार्यकाल विताउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कुटनीति सम्बनधलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ । ” करिब ४० करोड लागतमा प्रधनमन्त्री निवास निर्माण हुने भएको हो ।

You may also like