स्वास्थ्य

डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन : मन्त्री यादव

काठमाडौँ, उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

बुधबार संसद बैंठकमा मन्त्री यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताउँदै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको र निरन्तर सरकार नियन्त्रणको लागि देशै भर जनचेतनामूलक कार्य गर्दै अहोरात्र खटिरहेको र अब तत्काल नियन्त्रणमा आउने समेत बताउनुभयो ।

साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै उहाले डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भइरहेता पनि सफाई तथा जनचेतनाको फैलाएउँदै नियन्त्रण लिनुको कुनै विकल्प नभएको समेत बताउनुभयो ।

हालसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी गराउँदै केही हप्तायता नेपालमा डेंगु संक्रमणको संख्या निकै तल झरेको र विस्तारै विस्तारै नियन्त्रणतर्फ उन्मुख हुँदै गएको बताउनुभयो ।

Author

You may also like