अर्थ समाचार

नेपाल एयरलाइन्सद्धारा हवाई भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा

काठमाडौं, नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गर्नु भएको थियो। मन्त्री भट्टराईको निर्णय सरकारी स्वामित्वको कम्पनीबाट भएको हो ।

You may also like