यो समयले यसबेला मलाई बेलायती कवि ब्रायन टिअर्नी को कविताको सम्झना दिलाइरहेको छ । यो सम्झनु पर्ने कारण पनि म बाँचेको मेरो समय नै हो । समयले नै समयलाई सम्झाउँदोरहेछ ।
ब्रायनको त्यो कविताको शीर्षक छ ‘हाम्रा दैनन्दिनीहरू’ । कविता यस्तो छः
जागिरको खोजी त्यागेर बा अचेल घर सम्हाल्छन्
उनले तौलियाहरूलाई चार पत्र पारेर
मिलाउन थालेका छन्,
जबकि आमा दुई पत्र पारेर पट्याउँथिन्
खाना पकाउने कला उनले
‘द एसेन्स अफ एमेरिल’ बाट चोरेका थिए,
तर मैले उनलाई कैयौँपटक
लुकीलुकी ‘डेज अफ आवर लाइभ्स’ हेर्दै गरेको
रङ्गेहात भेटेको छु ।
विज्ञापन बज्न थालेपछि
उनी आफ्ना हाततिर एकटक नजर लाउँछन्,
अथवा झ्यालबाहिरको जेम्स स्ट्रिटतिर–
जहाँ गाडीहरू ओहोरदोहोर गरिरहेका हुन्छन् ।
उनको एस्ट्रे आफैँ बलिरहेको हुन्छ चुरोटसंगै,
र त्यसको खरानी बिस्तारै लम्बिँदै जान्छ,
लम्बिँदै जान्छ,
अनि एक्कासि भत्किन्छ–
त्यो एउटा चलचित्रको पुलजस्तै,
जुन उनलाई असाध्यै मन पर्छ,
एउटा त्यस्तो युद्धको कथा,
जसमा उनी कहिल्यै सहभागी भएनन्
मलाई असाध्यै खुसी लाग्छ,
उनले कहिल्यै कुनै युद्ध लड्नुपरेन ।
कहिले कान्छी औँलाले,
कहिले चोर औँलाले,
उनी कफीमा क्रिम घोल्छन्
मेरा हरेक बिहानहरू
चौध नम्बरको आवाजमा कार्टुन हेर्ने
र टेलिभिजनको नजिकै उभिएर
त्यसको आवाज सुन्ने समय हुन् ।
अनि हप्तामा एकपटक,
माथिल्लो तलाको कोठामा बस्ने
सधैँ झगडालु जोडीको होहल्ला सुनिन्छ(
उसले उनलाई यसो भन्छ, उसो भन्छ,
अथवा उनले उसलाई
एउटा त्यस्तो नराम्रो शब्दले बोलाउँछिन्,
जुन म बुझ्दिनँ,
र दोहो¥याएर भन्न पनि सक्दिनँ ।
जब ‘बग्स बन्नी’ ले ड्याफीको गालामा
केराको बोक्राले हान्छ,
सेतो पञ्जाले हान्छ,
वा हातमा जे भेटिन्छ त्यसैले हान्छ,
म निशव्द हुन्छु घृणाले ।
दिउँसोको खानामा
म सधैँ खान्छु भन्ने छैन ।
कहिलेकाहीँ मात्र ।
बा गाजरको एउटा मीठो सुप बनाउँछन्,
यति मसिनो पिसेर कि,
चम्चा चलाउँदा झ¥यो भने
लुगा नै रंगिन हुन्छ ।
म चम्चा चलाउन नजान्ने भनौं,
र सधैँ उनका लुगा रंगाइदिन्छु
अनि हर श्रङ्खलामा माफ पाइरहन्छु ।
कविता यत्ति हो ।
जागीर मायाँ मारेर परिवारमा प्रेमील वातावरण बनाउन, परिवारलाई हेरचाह गर्न र घरको काममा रमाउन खोज्ने यस कविताका बा भाग्यमानी मान्छेका मात्रै बा हुन् । एउटा बालकले आफ्ना बाको दैनिकी नियालिरहेको छ यो कवितामा । ती बाको दैनिकी अति लोभलाग्दो छ । ती बा जागीर छाडेर नानीहरू सम्हाल्छन् । सिकेर भए पनि मीठो खाना पकाउँछन् । घरका सबै काम नयाँ शिराबाट गर्छन् । शान्तिपूर्ण देशमा भएर होला, उनलाई युद्ध झल्किने कला मन पर्छ । घरमा संधै शान्ति हुन्छ । माथिल्लो तलाका मान्छे जस्तो बा कहिल्यै पनि घरमा झगडा गदैनन् । चूरोट खानछन् तर स्वास्थ्यमा ध्यान दिन्छन् । सानो छोरालाई गाजरको मीठो हलुवा बनाइदिन्छन् । यति धेरै काम गर्ने बासंग छोरालाई अंकमाल गर्ने समय हुँदेन ।
ब्रायनको कविताका बा पढिरहँदा आज हाम्रा बाको दैनिकी तुलना गरेर पढ्छु । कहाली लाग्छ । विहानैदेखि आम सञ्चारमा अन्तरघुलन भएर हुनुुपर्छ, बेलुका लठेप्रो हुन्छन् बा । उनलाई केही पनि आउँदैन । उनी केही पनि जान्दैन । उनी केही पनि बुभ्mदैन । उनका सबै इन्द्रियहरू थाकिसकेका हुन्छन् । गलिसकेका हुन्छन् । आँखा टर्र्रा भइसकेका हुन्छन् । दिमागमा आगो उठ्न लागेको हुन्छ । हरपल, हर वाक्यमा, हर हेडलाइनमा, हर अभिव्यक्तिमा विनिर्माण भइरहेको हुन्छ उनको ऊ । एउटाले त्यही विषयलाई हो भनिरहेको हुन्छ, अर्काले त्यही कुरालाई होइन भनिरहेको हुन्छ । हो र होइन भन्ने कुरा सापेक्षित हुन्छन्, थाहा छ, तर त्यो सापेक्षतामा प्रमाण हुन्छ । निश्कर्षको प्रकृया हुन्छ । मनमा जे आयो त्यही निश्कर्ष हो पनि होइन, होइन पनि हो । त्यो सिर्पm फन्टुस कुरा हुन्छ । बा त्यस्तै फन्टुस कुरामा रमाउँछन् ।
विहान सबेरै उषाकालसंगै बाका अगाडि यस्तै फन्टुस कुराहरूले घर गर्न थाल्छन् । विमर्षका लागि हुनुपर्ने हो सूचना र सञ्चार । तर यहाँ अफवाह पैmलाउन प्रयोग हुन्छ सूचना र सञ्चार । झुटको खेती गर्न प्रयोग हुन्छ । मान्छेका दिमाग भुट्नका लागि प्रयोग हुन्छ । बा यिनैसंग साक्षातकार गरेर दिनको सुरूवात गर्छन् । अखबारका फन्टुस समाचार हेर्दैगर्दा बाका छिमेकी सथीहरू आउँछन् एउटा न एउटा टेन्सन लिएर ।
‘बा, खानेपानीको पाइप आएन त । एक सय पटक भयो धाएको । तपैं नगइ भएन ।’
‘बा, सडकमा बत्ती बल्न छाड्यो । डुब्लीकेट परेछन् बत्ती । जानु न बिजुली अफिस ।’
‘बा, मेरो छोराले पुलिसमा भिडेको छ, भनसुन गरिदिनु न । पैसा कति पेल्नु पर्छ ?’
‘बा, केदारेले स्वास्नी कुट्यो । त्यसको पाता फर्काउनु न ।’
‘बा, एकराजकी स्वास्नीले सबै सम्पत्ति कुम्लयाएर पोइल गइ । केही त उपाय लाउनु न ।’
‘बा, हाम्रो गाउँको स्कुलमा पढाइ हुँदैन । जानु न कुरा गर्न ।’
‘बा, मेरो छोरालाई पुलिसले समातेछ । तपाईंले त सबै चिनेका छन् भन्या होइन ? भन्दिनु न ।’
‘बा, केशरेकी छोरीले तल्लो जातको केटासंग भागी । फिर्काइदिनु न ।’
‘बा अर्काको पैसा खाएर भाग्नेहरू गाउँमा बढे । रोक्नु प¥यो बाले ।’
‘बा, मेरो गाई ३ महिनामै थाक्यो । के गर्नु ?’
‘बा, खेतमा धान रोप्न यसपालि पनि ढिला हुने भयो । पानी परेन । के गर्नु ?’
‘बा, मेरी श्रीमतिलाई सुगर भन्ने रोगले हैरान पारिसक्यो । के गर्नु ?’
‘………………………………………’
बाले दिनभरी यस्तै यस्तै कुरा धाराप्रवाह सुन्नु पर्छ । अनि बा रातभरी निदाउँदैनन् । बा बिहान उठेर मान्छेका गनगन सुनिसकेकेर बा गाउँको चीया पसलमा जान्छन्, जहाँ धेरै मान्छे भेला हुन्छन् । बा अर्काले मगाएको चीया खाएर लुँडो खेल्न बस्छन् । एघार बजे घरमा आउँछन् । भात खान्छन् । ३ बजेसम्म सुत्छन् । अनि गाउँको चीया पसलमा जान्छन् । थुप्रै मान्छे (पुरूष) भेला हुन्छन् । गफ चुट्छन् । त्यही सरकार बनाउँछन् । त्यहीं सरकार ढाल्छान् । त्यही सडका बनाउँछन् । त्यहीं सुशासन र संबृधि ल्याउँछन् । र बा बेलुका साँझमा घर फर्किन्छन् भोक र रोगले ।
तर कसैले देख्दैन बाको जिन्दगी । बाको बारी बाँभैm छ, खेती गरिएको छैन । बाको घर वरिपरि झारको साम्राज्य छ । भुत्ला झरेको कुकुर बाको अघिपछि बस्छ । वान्ता आउनेगरि गनाउँछ । बाको गाई भोकै छ २ दिनदेखि । बाको छोराले अर्काकी स्वास्नी भगाएर घरमै आएको छैन । बाले थारो गाई पालेको २ बर्ष भयो । बाको पैसा खाएर नतिर्नेहरू गाउँमा निकै जना छन् । बाले रक्सी पिएर आमैलाई कुटेको देख्नेहरू जिउँदै छन् ।
तर पनि बाले बा हुनु परेको छ । अभिनय गर्नु परेको छ बाको ।
अहिले संझिन्छु, माथि कविताका बा र हामीहरूका बा । कति अंतर, हइ ? – दमक
कहिलेकाहीँ
म उनलाई अंकमाल गर्न खोज्छु,
तर गर्दिनँ ।