देश–समाज समाचार

फाल्गुनन्द शाकोसको साधारण सभा

दमक । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं बार्षिक साधारणसभामा सम्पन्न गरेको छ । शनिवार दमकस्थित पशुपति मन्दिरको सभाहलमा मुख्य कार्यालय दमकको साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प),को अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोइराला प्रमुख अतिथि रहेका थिए । उनले पछिल्लो समय सहकारीहरु संकटमा पर्दै गएको बताए । उनले भने– समान कोष र समान हैसियत भएका सहकारीहरु मर्ज गरेर जान र सेयर सदस्यहरुको लगानी संरक्षण गर्न सक्नु नै पहिलो दायित्व भएको बताए ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघ झापाका लेखा समिति संयोजक चुँडामणी ओझाले स्पष्ट लेखा र पारदर्शी हिसाव राख्न सके सहकारी संकटमा नजाने बताए ।
संस्थाले विभिन्न विधामा उत्कृष्ठ सदस्यहरुलाई सम्मान गरेको छ, यसैगरी समितिको एक कार्यकालमा संस्थाको हितार्थ कलम चलाउने एकजना पत्रकारलाई सम्मान गर्ने गरेको छ । जस अनुसार यसपटक दमकलाई कर्मथलो बनाएर पत्रकारितामा सक्रिय रहँदै आएका पत्रकार अनिलदेव राईलाई सम्मान गरेको छ । उनलाई १० हजार १५ रुपैयाँसहित सम्मान गरिएको अध्यक्ष लिङ्देनले बताए । उनले कार्यसमिति र पदाधिकारी साथै जिम्मेवार कर्मचारीले समयमा उपश्थित भएर जिम्मेवारी बोध गर्नुपर्ने बताएका छन् । उनले संस्थाको हितमा सबै एकजुट हुनु सबैको दायित्व भएको बताए । संस्थाकी उपाध्यक्ष फूलमाया आङदेम्बेले स्वागत मन्तब्य राखेको कार्यक्रम व्यवस्थापक कुवेर तुम्बापोले सञ्चालन गरेका थिए ।
झापासहित मोरङको उर्लावारी नगरपालिका र इलामको चुलाचुली गाउँपालिका कार्यक्षेत्र रहेको सो संस्थाले दमकसहित जिल्लाको विर्तामोड , शिवसताक्षी र उर्लावारीमा सेवा केन्द्र सञ्चालनमा छन् ।

Author

You may also like