दमक/ झापाबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाशसहित १९ जनाको उम्मेदवारी दर्ता भएको भएकोमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले वारिसमार्फत वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका थिए तर उनी निर्विरोध भएपछि अब झापाबाट केन्द्रीय सदस्यमा १८ जनाले उम्मेदवारी दिएका छन् ।
झापा क्षेत्र नं ५ बाट खुल्ला केन्द्रीय सदस्यमा अनिलकृष्ण प्रसाई, खुल्लातर्फ नै क्षेत्र नं २ बाट वीरमणि ढकाल, क्षेत्र नं ५ बाट आदिवासी जनजाति केन्द्रीय सदस्यमा हुकुमसिंह राई, क्षेत्र नं २ बाट खुल्ला केन्द्रीय सदस्यमा छत्रबहादुर गिरी, क्षेत्र नं २ बाट ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा रुवि सिटौला, सोही क्लस्टरमा क्षेत्र नं १ बाट भुपेन्द्रसिंह थेबे, क्षेत्र नं ३ बाट भूगोलतर्फ केन्द्रीय सदस्यमा टिकाराज ढकाल, क्षेत्र नं ३ बाट आदिवासी जनजाति महिला केन्द्रीय सदस्यमा रत्नाकुमारी राजवंशी , क्षेत्र नं ५ बाट भूगोलतर्फ केन्द्रीय सदस्यमा रेगिना भट्टराई , क्षेत्र नं ५ बाट मधेसी केन्द्रीय सदस्यमा रोहितकुमार साह, क्षेत्र नं २ बाट खस आर्य महिला केन्द्रीय सदस्यमा सीतादेवी पौडेलले उम्मेदवारी दिएका छन् ।
त्यस्तै क्षेत्र नं २ बाट पेशागत केन्द्रीय सदस्यमा विज्ञान प्रसाई, क्षेत्र नं ३ बाट ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा थोमस थेबे लिम्बू, क्षेत्र नं ५ बाट आदिवासी जनजाति केन्द्रीय सदस्यमा सुरेशकुमार योङहाङ सुब्बा, क्षेत्र नं २ बाट खुल्ला महिला केन्द्रीय सदस्यमा उमा शिवाकोटी, क्षेत्र नं २ बाट विज्ञ केन्द्रीय सदस्यमा रंजिता कार्की, क्षेत्र नं २ बाट दलित महिला केन्द्रीय सदस्यमा मनमाया विश्वकर्मा र क्षेत्र नं २ बाट अपांगतातर्फ केन्द्रीय सदस्यमा उत्सव ढकालले उम्मेदवारी दिएको काँगेस झापा जिल्ला समितिले जनाएको छ ।