विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप रु. २० लाख जम्मा भएको छ ।
अब कोषमा रकम दाखिला भएको परिमाण रु. ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको छ । कोषमा सोमबारसम्म रु. ११ करोड ६५ लाख ११ हजार ३१ रुपैयाँ थियो ।
सरकारीे कोषमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री, कर्मचारीहरु, कृषि ज्ञान केन्द्र ओखलढुंगामा कार्यरत सबै कर्मचारी, प्रदेश लेखा इकाई कार्यालय उदयपुर, नेपाल क्रेडिट एण्ड कर्म बैं लि.(एनसीसी), लक्ष्मी बैंक, प्रदेश लेखा ईकाई कार्यालय पाँचथर र नाम नामेसी नखुलेका व्यक्ति थत सांस्थाहरुबाट समेत रकम दाखिला भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन अगा्रह गरेको छ ।
कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।