आज फेरि संविधानको कुरा गर्दै छु । गत शनिवार धुमधामसंग संविधान दिवस मनायो देशले । संधै ‘केटा पाराले’ प्रस्तुत हुने प्रधानमन्त्री पनि ‘प्रधानमन्त्री जस्तै’ भएर प्रस्तुत भए । उनको पोशाकले यही बोल्थ्यो । मानौं यो ठूलो उत्सब हो । अनि ‘महान उपलब्धी’ पनि हो । कति ‘केटाकेटी’ बनेर बाँच्नु ? जसले जे भन्यो पत्यादिहाल्नु पर्ने, कति बिडम्बना छ हाम्रो ?
२०७२ सालदेखि आजसम्म मेरो एउटै प्रश्न छ र त्यसको उत्तर आजसम्म पाएको छैन । र त्यो प्रश्न मैले २०७२ साल असोज ४ गते गरेको थिएँ , यो संविधान जारी भएकै भोलिपल्ट । तिनै लाइनहरू यहाँ जस्ताको तस्तै राख्ने अनुमति चाहन्छु ।
यतिबेला एउटा प्रश्न उठन थालेको छ— यो संविधान कसलाई चाहिएको रहेछ ? यो प्रश्नको गम्भिरतालाई धेरैले नरअन्दाज गरिरहेका छन् । मैले उसबेला प्रकाशित गरेको लेखमा भएको यो भागलाई जस्ताको तस्तै यहाँ पस्कें । सम्पादन गरिनँ है ।
‘….आज देखियो, यो संविधानको मस्यौदा आउनासाथ मधेसीलाई चित्त दुख्यो । तिनले सुझाव संकलन केन्द्रहरुमा आप्mना जिजीविषाहरु मुखरित गरे । तात्तिए । कतिपय ठाउँहरुमा आक्रोश पनि पोखे । अनि देखियो, यसले जनजातिलाई पनि चित्त दुखायो । ती पनि बिरोधमै देखिए । दलितहरुलाई पनि चित्त दुखायो । क्रन्तिकारी कम्युनिष्टहरुलाई पनि चित्त दुखायो । बिप्लव माओवादीको आन्दोलन र हडताल राप र तापले भरिएकै थियो । यसले प्रजातन्त्रवादीहरुलाई पनि चित्त दुखायो । तिनले प्रेश स्वतन्त्रताको र बहुलवादको प्रेम मुखरीत गरे तर तिनको स्थान लुते र¥यो । यसले राजावादीहरुलाई पनि चित्त दुखायो । हिन्दूहरुलाई पनि चित्त दुखायो । हिन्दुत्वको पहिचान मेटने संविधानको बिरुद्धमा तमाम हिन्दु धर्मावलम्भीहरु आन्दोलन र हडतालमै उत्रिए । यसले मानवअधिकारवादीहरुलाई पनि चित्त दुखायो । अदालतलाई, प्रेसलाई र उद्योगीहरुलाई पनि चित्त दुखायो । महिलाहरुलाई त झनै चित्त दुखायो ।
ती कराइरहेका छन् । मागिरहेका छन् हक । मागिरहेका छन् अधिकार । तर तिनलाई थाहा छैन, संबिधानमा लेखेर मात्र परिवर्तन हुँदैन । दोश्रो संविधानसभाले संविधान बनाउने र यसले मुलुका तमाम समस्याहरु हल गरेर मुलुकलाई कायापलट गर्ने सपना बाँडिरहँदा यस विषयमा कति भ्रमको खेति भएको छ भनेर आजसम्म पनि बिश्लेषण गरिएन । किनभने यो आठ बर्ष सिर्पm संविधानका अन्तरबस्तुमा बहस गरिए । तर संविधान आएपछि के हुन्छ भनेर बहस गरिएन । अनि अनुत्तरित प्रश्नहरू छनः संविधान आएपछि नेपाली जनताका मुहारमा हाँसो आउँछ ? यी बीस बर्ष देखि देखाइएका सपना पुरा हुन्छन् ? शान्ति, सम्बृधी, विकास, समाजिक सदभाव सबै पुरा हुन्छन् ? नयाँ नेपाल निर्माण हुन्छ ? खेतमा कुलो आँउँछ ? भ्रष्टाचार रोकिन्छ ? छुवाछुतको अन्त्य हुन्छ ? महिला हिंसा रोकिन्छ ? महंगी हटछ ? सुरक्षा स्थापित हुन्छ ? स्वास्थ्य र शिक्षा सर्वसुलभ हुन्छ ? उद्योगधन्दाको सुरक्षा र उन्नती हुन्छ ? कालोबजारी रोकिन्छ ? हत्या र हिंसा रोकिन्छ ? अपहरण रोकिन्छ ? किसानले मल र वीउ सित्तैमा पाउँछन् ? मुस्ताङ्गको स्याउले बजार पाउँछ ? भारतीय चामलले नेपाली चामलको बजारलाई ध्वस्त पार्ने काम रोकिन्छ ? खानेपानी, विजुली, फोन र इन्टरनेट सित्तैमा वा सर्बसुलभ हुन्छ ? सडकमा गाडी पल्टिएर मान्छे मार्ने क्रममा कमी आउँछ ? पेट्रोलियम पदार्थ नेपाल आँपैmले उत्पादन गरेर जनतालाई सर्वसुलभ रुपमा वितरण गर्छ ? तेल र ग्याँसको हाहाकार रोकिन्छ ? सडक बन्द, हडताल र चक्काजाम रोकिन्छ ? साइवर अपराध रोकिन्छ ? घर अगाडीका बाटा र नाली सरकार आपैंmले बनाइदिन्छ ? मजदुरले रोजगारी नपाएको दिनको गाँसको ब्यावस्था सरकारले गरिदिन्छ ? पकेटमारहरुको नियन्त्रण हुन्छ ? लुटेराहरु, तस्करहरु, डाकाहरु, चोरहरु निरुत्साहित हुन्छन् ? गुण्डाको संरक्षण गर्न दलहरुले बन्द गर्छन् ?
अ हँ । केही पनि भिन्नता हुँदैन जे अहिले भइरहेको छ ।
यही गलत काम नेता र दलहरुले बोलिदिए — ‘संविधान आएपछि सबै थोक हुन्छ’ । तर कसैले पनि भनि दिएनन्, संविधान एउटा माध्यम मात्र हो । बाटो, भावना र संस्कार मात्र हो । एउटा जीवन शैलीको रुपरेखा जसमा हिडने संस्कार भएन भने त्यो उपहासको बस्तु बन्छ ।
एउटा उदारण पेश गरौं ।
अमेरिकामा सन् १७८७ मा संविधान बन्यो । त्यसले काला र गोरा जातिमा भएको विभेदको अन्त्यको घोषणा ग¥यो । अव उप्रान्त कसैलाई पनि रंगका आधारमा विभेद गर्न पाइने छैन भन्यो । तर त्यो संविधान कागजी खोस्टा मात्र भयो । त्यसको ७७ बर्ष पछि फेरी तत्कालिन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले उही रंगभेद हटाउन भन्दै ‘स्वतन्त्रताको घोषणा’ नै गर्नु प¥यो । किनभने काला जातिको हविगत ७७ बर्ष सम्म जहाँको त्यहीँ थियो । त्यो घोषणाले पनि काला जातिहरुलाई समानताको रस चखाउन सकेन । पछि मार्टिन लुथरले ‘नागरिक अधिकार आन्दोलन’ मार्पmत त्यही कुरा उठाएर काला जातिको न्याय, स्वतन्त्रता र मूक्तिको लागि लडे । त्यो लडाई झण्डै १९८० सम्म रह्यो । मार्टिन लुथरको हत्या भयो यही कुरा उठाएकाले । संविधानले बाचा गरेको २०० बर्षमा त्यो बाचा अलि अलि पुरा भयो । त्यो पनि अनेकौं आन्दोलन र प्रयत्नपछि । नेपालले यो कुरा बुभ्mनु पर्दैन ? जनतालाई जे पायो त्यही बोलेर झुक्याइदिने ? विकास र परिवर्तन संविधानले होइन, संस्कारले मात्र संभव छ भनेर जनतालाई बुझाउने दाईत्व सरकारको, दलहरुको होइन ? लेखक, विश्लेषक भनाउँदाहरुले समेत यो कुरालाई छाँयामा पारेर आप्mनै विचारको डम्पूm बजाईरहेका छन् । तिनले गरेका कुनै पनि विश्लेषणले यो माथिको सत्य कुरालाई उदघाटन् गर्दैन । किनभने तिनका पनि दल छन्, तिनलाई सरकारमा पु¥याएर कुनै एउटा लाभको पद लिन पाइन्छ कि भन्ने छ । हरेक महाधिवेशनमा तिनै ठूला कार्यकर्ता भएर हिंडिरखोका हुन्छन् ।
संविधान साध्य होइन । साधन मात्र हो । यसमा कुल्चिएर हिडने त जनताले हो । अनि अहिले यही कुरा भएको छ, जनतालाई संविधान साध्य हो भनेर झुक्याइएको छ । संविधान नयाँ आएपनि परिवर्तन आउने छैन, किनभने संस्कार भएन भने संविधान अमेरिकाको जस्तै हुन्छ, एउटा समस्या हल गर्न २०० बर्ष लगाउँछ । संविधान आए पछि पनि प्रशासन उस्तै हुने छन् । शिक्षक उस्तै हुनेछन् । डाक्टर र वकिल उस्तै हुनेछन् । डनहरु उस्तै फस्टाउने छन् र प्रहरीहरु उही मूकदर्शक भएर उभिनेछन् । न राजमार्गको राजनीति खतम हुनेछ, न विकासको राजनीति । दलका मान्छेले आयोजनाहरुमा अवरोध गर्न छाडने छैनन्, नत कर्णाली मुस्कुराउने छ, नत छोटे सामन्तहरुको बिगबिगी हटने छ । नत कानूनको धज्जी उडाउन छोडिने नै छ । यो प्रजातन्त्रलाई फलाउने र फुलाउने संस्कार र संकल्प कसैमा पनि नभएको हुनाले नै एक थान संविधान आएर पनि बाँकि केही कुरा पनि आउने छैन ।
तर पनि मुलुकलाई हिंडाउन त एक थान संविधान चाहिन्छ नै । हामी ब्रिटिश जत्तिका सभ्य छैनौ, जो विना संविधान संसार हल्लाउन सक्छन् । फेरी लाग्छ, सबै बर्ग र तप्काले चित्त दुखाएको संविधान नेपाली जनताको स्पन्दन कसरी बन्ला ? पक्कै कसै न कसैले त चित्त नदुखाएकै होलान यो संविधानको मस्यौदामा । कोही त आनन्दबिभोर होलानै । को हुन त ती जनताले चित्त दुखाउँदा आनन्द मनाउनेहरु ? यही प्रश्नको उत्तर खोज्दै यहाँ आइपुगें । ती त चार दलका शिर्ष नेता र तिनको समर्थकहरु पो रहेछन् जो यो संविधानलाई गौरवको रुपमा ब्याख्या गरिरहेका छन् । देश नेताले नै चलाउने हो, तिनलाई ठीक भए पछि हामी नन्दी भिरुङ्गीलाई किन ठीक हुनु प¥यो ? देश हामीले चलाउने हो र ? जतिवटा प्रदेश भए पनि तिनका दाहिनेहरुले नै प्रदेश पनि चलाउने हो, सरकार बनाउने हो, अनि काम गर्ने हो ।’
आज त्यही ११ बर्ष अघिको मेरो विचार अहिले पनि अनुत्तररित रहेकाले यति साभार गरें । जो मर्जी । दमक, झापा

Author

You may also like