सुदूरपश्चि , सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो अधिवेशन धनगढीमा सुरु भएको छ ।अधिवेशनमा सुदूरपश्चिमको हितका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग र प्रयासका विषयमा छलफल जारी छ ।
महाधिवेशनमा समाजका गतिविधि र प्रवासीका भावना समेट्ने गरी तयार पारिएको ‘सुदूरपश्चिम दर्पण’ पनि विमोचन गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा सुदूरपश्चिमको उत्थानका लागि प्रवासी सुदूरपश्चिमेलीले खेल्न सक्ने भूमिका ।वैदेशिक रोजगार र विकल्प लगायतका विभिन्न विषयमा समेत छलफल हुने छ ।
झन्डै तीन वर्ष अगाडी सामाजिक सञ्जाल मार्फत सुदूरपश्चिमको हितका लागि स्थापना गरिएको समाजको पहिलो भेला दुई वर्ष अगाडी धनगढीमा भएको थियो ।समाजमा करिब ४० भन्दा बढी राष्ट्रमा रहेका सुदूरपश्चिमेली युवा आबद्ध छन् ।
सम्मेलन शनिवार समाप्त हुने छ ।