उत्तमप्रसाद भट्टराई
भूगोलका आधारमा हाम्रो देश नेपाल सानो छ तर, जनसंख्या निकै ठुलो छ । यहाँको सानो भुगोल भएपनि भौगोलिक र प्राकृतिक रुपमा धेरै विविधता पाईन्छ । संस्कृतिका हिसावमा नेपाल समृद्ध छ । १४२ जातजातीले भरिएको देशमा धेरै प्रकारका सांस्कृतिक विविधता पाईन्छन् । १२४ भाषिक समुदायका फरक फरक संस्कृति पाइन्छन् । मात्रृ भाषाका रुपमा नेपाली भाषा मान्ने समुदायभित्रका विविध थर गोत्रका आफ्नै विशेषता, आफ्नै संस्कृति पाइन्छन् । यसरी परापूर्व कालदेखि चलेको नेपाल सांस्कृतिक रूपमा अति सम्पन्न छ । नाग पञ्चमीदेखि हाम्रा समाजमा बिबिध पर्व प्रारम्भ हुन्छन् र माघे क्रान्तिमा समापन हुन्छन् भन्ने मान्यता रहेको छ । यस प्रसंगमा नाग पञ्चमीमा प्रारम्भ भएर श्रीकृष्ण जन्मअष्टमीमा विर्शजन गरीने लाखे नाच र यस पर्वको महत्वका सम्बन्धमा सानो र छोटो विचार पस्किने जमर्को गर्दैछु ।
लाखे नाच काठमाण्डौ उपत्यकामा बसोबास गर्ने नेवार समुदायमा मनाइने एक सांस्कृतिक नाच हो । यो परापूर्व कालदेखी मनाईदै आएको हुँदा पर्वको रुपमा मान्यता पाएको हो । नाग पञ्चमीका दिन बिहान शुभसाइतमा एउटा मुकुट (मुखुण्डो) लाई भिमसेनका मन्दिरमा पुजा गरिन्छ । मुकुटलाई सिन्दुर आदी रंग लगाएर सिँगारिन्छ । भिमसेनका मन्दिर नभए देवीका मन्दिरमा पुजा बिधी गरिन्छ । मुकुट लगाउने एक व्यक्तिलाई तयार गरिन्छ । उसलाइ मुकुट पहिराइन्छ, उसलाइ टिका लगाइदीन्छन् । उपस्थित अन्य ब्यतmीहरु टीका लगाउछन् । डरलाग्दो र ठुलो अनुहार, भयकंर ठुला आँखा, मुखदेखी बाहिर निस्किएका डरलाग्दा बंगारा÷ दाँत र लामा र बाक्लो कपाल भएको मुकुट (मखुण्डो) लगाएको व्यक्ति अगाडी अगाडी हिड्छन् । पछी पछी ढोल, डिमे लगायत परम्परागत बाजाको तालमा नाच्ने चलन रहेको छ । मुकुट (मखुण्डो) लगाउने व्यक्ति बाजाका तालमा नाँच्न जान्ने हुनुपर्दछ ।
लाखे नाँचका सम्बन्धमा विविध किम्वदन्तिहरू पाइन्छन् । एउटा पुरा कथा यस्तो छ । धेरै वर्ष पहिला कान्तिपुरका किसानलाई खेती गर्न अप्ठेरो परेको समयमा पाँच जना ज्यापु र गुरुज्युहरू तलेजु भवानीको शरणमा गए । देवी रहेको गुफाभित्र केही अप्ठेरा भेषधारी र प्रकृतिका स्वरूप एकअर्का बिच लडिरहेका थिए । गुरुज्युका विशेष शतिmले सबै स्वरूप शान्त भए तर एक विशाल स्वरूप शान्त हुन सकेन । उ प्रवेशद्धारमा खडा भइरह्यो । तलेजु देवीले त्यसलाई शान्त हुन भनिन् र उनीहरुका सवै समस्या सुनिन । देवी, र त्यो डरलाग्दो स्वरूप उनिहरुसगै कान्तिपुर नगर गए । नगरवासीले देवीलाई सहरमित्र स्थापना गरे, पुजा आजा गरे, तर त्यो डरलाग्दो स्वरूप नगर बाहिर रहन बाध्य भयो । नगरको जनजिवन सामान्य हुँदै गयो । तर सहर बाहिर रहेको डरलाग्दो स्वरूप दिनहँु रून थाल्यो । कान्तिपुरका राजाले त्यस स्वरुपसगँ गफ गरे । त्यसले विनम्र स्वरमा भन्यो उ सहर भित्र जनतासँग बस्न चाहन्छ र उसले कसैलाई हानि नगर्ने बताए । खानाका लागी उसले ला (मासु) र खे (अण्डा) मात्र खाने प्रस्ताव गरे । त्यस पछि उसले ला र खे पाउन थाले र कालान्तरमा उसको नाम खाने बस्तुका आधारमा लाखे रहन गएको पाइन्छ । पछि उसले कसैलाई हानी गरेन । त्यहाँ सुखशान्ती कायम भएको, र तलेजु देवीले उसलाइ नगरको संरक्षण गर्नु, कुमारी र खड्गको विशेष हेरचाह गर्नु भन्ने आज्ञा दिई उनी आफनो स्थानमा गइन् । कुमारी पुजा आठदिनसम्म मनाइन्छ, त्यससमयमा लाखे विशेष सक्रिय हुन्छ, भने अन्य समयमा शान्त भइ रहन्छ, त्यसकारण उसलाई शान्तभैरव पनि भनिन्छ । विशेषगरी इन्द्रजात्राका समयमा काठमाण्डौमा लाखे नाच प्रदर्शन गर्ने परम्परा रहेको पाइन्छ ।
अर्को किंवदन्ति अनुसार कुनै समयमा एक अलौकिक र अदृश्यशतिm वा पात्रले नेवार जातीका गाउँमा आएर दुख दिने, मानीसलाई तर्साउने गर्दथ्यो । त्यो अदृश्यशतिm वा पात्रको बर्णन डरलाग्दो प्रकारको हुन्थ्यो । त्यस अलौकिक र दिब्य शक्तिसँग लड्न विभिन्न विधि तयार हुदै गर्दा त्यस्तै प्रकृतिको मुखुण्डो लगाएर नाचगान गर्दा गाउँमा सुखशान्ति कायम भएकोले लाखे नाचको प्रारम्भ भएको मानिन्छ ।
लाखे नाच नेवार समुदायका संस्कृतिको एक अभिन्न अंग हो । यो नाच नाग पञ्चमीमा प्रारम्भ भएर कृष्ण जन्माष्टमीमा विर्शजन गरीने हुँदा यस पर्वको बिषेश महत्व पाइन्छ । नेवार एक सभ्यता हो । यसको आफ्नै छुट्टै बिशेसता पाइन्छन् । हिन्दु वर्ण ब्यवस्था अनुसार पाइने जातीय संरचना नेवार समुदायमा पाइन्छ । नेवार एक संस्कृती मात्र हो भन्दा यो समुदायका सबै पक्ष नसमेटिने हुनसक्छ । तसर्थ, यो एक सभ्यता हो र यस अन्तर्गत अरु धेरै सस्कृति पाइन्छन् ।
लाखे नाँच वा पर्वले नाग पञ्चमी र कृष्ण जन्माष्टमीसँग प्रत्यक्ष र जिवन्त सम्बन्ध राखेको पाइन्छ । विर्सजन गरिएको दिनदेखि कुनै घरमा मत्यु भएमा आगामी बर्ष सम्पन्न लाखेनाचलाई त्यस घरमा आमन्त्रण गरिन्छ र घरका प्रत्येक कोठामा बाजागाजाका साथ लाखे नचाइन्छ । यस प्रचलनले मृतकका आत्माले शान्ति पाउने र घरमा पनि सुखशान्ति हुने बिश्वास छ । नेवार समुदायका घरमा सम्पन्न हुने लाखे नाचले सुखशान्ति हुने बिश्वास छ । घर घरमा प्रदर्सन पस्चात भेटी दक्षिणा दिने चलन छ । कृष्ण जन्मअष्टमीका दिन कृष्णजन्म भएपछी पर्व विर्सजन गर्ने गरीन्छ । विर्सजन गर्ने बिधी सरल पाइन्छ । सम्बन्धित ब्यतिmले लगाएको मुकुट कृष्णमन्दिरमा उतारी दिन्छन् । सम्बन्धित संस्था केही दक्षिणा मन्दिरमा चढाएर मुकुट लिएर सुरक्षित स्थानमा राख्छन् ।
यो एक वहुमुल्य संस्कृति बन्न गएको पाइन्छ । सायद यहि परम्परा देश तथा विदेशमा रहने सबै नेवार जातीले मान्दै आएका छन् । भोजपुर, झापा, मोरङ्ग लगापत पूर्वका नेवार समुदायका ब्यतिm यस पर्वलाइ उत्साहपुर्वक मनाउछन् । लोक मान्यता अनुसार लाखेले मानिसलाई हानी गर्ने, संहार गर्ने दुष्ट प्रवृतिका बिरुद्द जोगाउने गरेको संस्कार पाइन्छ । लाखेले गाउँ समुदायको रक्षा गर्छ । अस्तु ।।।