ताज होटलमा बिहानको खाना खाइसकेपछि हामी विश्वविद्यालय अनुदान आयोगको कार्यालय जाने कार्यक्रमा थियौं । खानाको त्यहीं प्रबन्ध थियो ।
खाना खाँदै गर्दा मैले वेटरलाई भनें, ‘भाइ फ्राइ करेला थप त’ ।
‘हवस ।’
यति भनेर ऊ किचनतिर गयो । फेरि आयो ।
‘खै त करेला ?’
‘सकिएछ ।’
‘हिजोको सकियो, भाइ?’ कृष्ण भाइको व्यंग्य निकै भारी थियो ।
वेटर केही नबोली भित्र लाग्यो ।
खानापछि हामी विश्वविद्यालय अनुदान आयोगमा पुग्यौं ।
मुलुकको उच्च शिक्षाको इपिसेन्टर । शिक्षालाई आधुनिकीकरण र जीवनसापेक्ष बनाउने सूत्र बाँंड्ने स्थान । समयको वेगलाई धान्ने शिक्षाको प्रस्फुटन गर्ने स्थान । युवाका सपनाहरूको बिस्कुन लगाएर तिनको व्यवस्थापन गर्न सिकाउने स्थान । राजनीति, सामाजिक र अन्य विविध कारणले किरिङ्गमिरिङ्ग बनेका शैक्षिक रेशाहरू, मरणासन्न भएका शैक्षिक आयामहरूलाई सरल र सहज रेखामा कुदाउन उपयुक्त वातावरण दिने स्थान । अनि दुई पल्ट प्रत्यायान पाइसकेर तेस्रो साइकलमा हामी प्रविष्ट भएका थियौं ।
हामी यही शिलशिलामा त्यहाँ पुगेका थियौं । स्तर प्रत्यायनको तेस्रो साइकलमा उक्लिन खोज्ने हामीहरूका लागि त्यो गुरूको आश्रम थियो । शिक्षालाई समाजसंग जोड्ने सूत्र लिएर उभिएको धरोहर थियो त्यो ।
हामी गाडी पार्क गरेर बिस्तारै अलग्गै रहेको प्रत्यायन शाखातिर लाग्यौं । मेरो त्यो पहिलो पाइला थियो त्यस ठाँउको लागि । मनमा संसय र उत्तेजना दुवै थियो । किनभने हामी उच्च शिक्षाको क्यानभाषमा प्रवेश गर्दैथियौं ।
अलिकति एक डिल मास्तिर उक्लिएर हामी अघि बढ्यौं । अगाडि लहलह घाँसले चिसो हावा हाम्रा ताता निधारमा बहाइरहेको थियो । सीतल महसुस गर्दै थियौं हामी । अनि त्यो डाँडाबाट काठमाडांंैको खाल्डोमा नजर लगायौं । त्यसपछि हामी भुईतलामा रहेको कार्यालयभित्र प्रवेश ग¥यौं । खुल्ला ले—आउट भएको कार्यकक्षमा व्यस्त अधिकारीहरूबाट आत्मीय आतिथ्यता पायौं । हामीलाई दायाँ तर्पmको हलमा प्रवेश गर्ने संकेत पाएपछि हलमा प्रवेश ग¥यौं ।
परिचयात्मक कार्यक्रमबाट अन्तरक्रिया सुरू भयो । उहाँहरूले आप्mनो परिचय दिनुभयो । हामीले पनि हाम्रो परिचय दियौं । त्यसपछि नारायण नेउपाने र भगवती पौडेलको प्रस्तुति सुन्यौं । उहाँहरूले उभिएको ठाउँबाट दमक बहुमुखी क्याम्पसलाई देखेका सबै दृष्यहरूको सबिस्तार बर्णन गर्नुभयो । हामीले दमकबाट देखेको क्याम्पस र उहाँहरूले त्यहाँबाट देखेको क्याम्पसको तुलनात्मक चित्र पढ्यौं । केही कुराहरू देखिए । खुसी लाग्यो । हो नि, हामी जहाँ उभिएर समाज र शिक्षालाई जोड्ने प्रयास गरिरहेका छौं, त्यहाँबाट देखिएको क्षितिज र यहाँबाट देखिएको क्षितिज फरक त हुने नै हो । अर्थात् दमकको पाँचतले भवनमा उभिएर देखेको क्षितिज र भक्तपुरको त्यो कार्यालयबाट देखिएको क्षितिज भिन्न त देखिन्छ नै । हामी के देख्छौं भन्ने कुरा हामी कहाँ उभिएर बोलिरहेका छौं भन्ने कुराले निर्धारण गर्छ । किनभने जति माथि गयो त्यति नै नयाँ र अर्को क्षितिज देखिन थाल्छ । शिक्षा र जीवनको बुझाइ पनि यही हो । यो शास्वत कुरा हो । हामीले यही बुभ्mयौं त्यहाँ । र आत्मसात पनि ग¥यौं किनभने हामीले पास हुन थियो । हामीले प्रमाणपत्र पाउनु थियो । आपूmले नदेखेका क्षितिजहरू देख्नु थियो । यो अध्याय सकेर हामी बाहिरियौं ।
त्यसपछि एउटा अर्को नोस्टाल्जीयामा घिसारिएर पुग्यौं । त्यो थियो — काठमाडौ शिक्षा क्याम्पस । २०४८ सालतिर रेडियो नेपालको ‘घटना र बिचार’ कार्यक्रम निकै राप, ताप र प्रकासले भरिएको मान्थ्यौं हामी । भरपर्दो विश्लेषण लाग्थ्यो । त्यो पुरूसोत्तम दाहालले सञ्चालन गर्थे । त्यसमा एउटा अर्को आवाज पनि थियो । त्यो आवाज थियो सत्रुधनप्रसाद युप्ता । त्यही आवाजसंग आजको आवाजसंग संज्ञान भर्ने समय थियो त्यो । क्याम्पस पढ्दा राजनीतिमा धेरै चासो नराख्ने हुनाले उनीसंग कुनै समीप्यता रहेको थिएन । तर हाम्रा क्याम्पस प्रमूख यज्ञराज गिरि
(राम सर) सत्रुधनप्रसाद गुप्ताको निकै गहीरो दोस्ती थियो ।
जब हामी क्याम्पस प्रवेश ग¥यौं, धेरै चित्रहरू बोलिरहे । काठमाडौको ‘साँघुरो’ जमिनमा पनि ‘फराकिलो’ संरचना । पूmलका रंगहरूसंग साक्षातकार गर्दै मूल भवनको दोस्रो तलामा रहेको क्याम्पस प्रमूखको कोठामा छिर्दा बेग्लै अनुभूति भयो । रेडियोमा बोल्ने ती मधेसी जेन्जी आज बयस्क भएर क्याम्पस प्रमूखको कुर्सीमा थिए । कांग्रेसको सुरूवाती ‘ब्याटिङ्ग’ राम्रो भएर त उन्नत दिमागहरू त्यसमा लागेका थिए उसबेला । पछि सबै स्खलतीत भए । तर गुप्ताजी अभैm पनि ‘देशलाई राम्रो शिक्षा आवश्यक छ’ भनेर लागिरहेका थिए । उनको बोलीको स्पष्टता, दृढता, निडरता र निरन्तरता उस्तै थियो । नेपालकै विज्ञ मानिएका व्यक्तिहरू रहेको सञ्चालक समितिको नामावली झुण्ड्याएर त्यसैको मुनि आँपूm कुर्सीमा बसेका गुप्ता साँच्चिकै विज्ञ जस्ता देखिन्थे । आप्mनो नजिकै एउटा सहयोगीको स्थायी कुर्सी राखेर तिनैलाई काम अराएर काम फत्ते गराउने उनको कला साँच्चिकै उन्नत लाग्यो । विभिन्न सञ्चालित कार्यक्रमहरूको अवलोकन गराए । कति सम्म भने, होटल म्यानेजमेन्टको प्रयोगात्मक कक्ष हामीलाई देखाउन भनेर उनी अघि लागे पाँच तलामाथि । हामी पनि गयौं । तर हाम्रा क्याम्पस प्रमूख छुटेको देखेर हामीलाई गुप्ताजीले भने, ‘त्यो रामे कता गयो ? बोलाउनु न । उसले हेर्नु पर्छ यो ।’ वाउ, यो हो नि त मित्रताको गहिराइ ! संगै पढेर संगै विद्यार्थीकाल बिताएका व्यक्तिहरूको भेटमा प्रयोग हुने यस्तो अनौपचारिक भाषामा अकल्पनीय मिठास हुन्छ नै, र थियो पनि । छक्क परेर नारायण सरले फोन गर्नु भयो र राम सर (अफिसियल नाम यज्ञराज) पनि आउनु भयो ।
हामीले देख्यौं ती प्रयोगात्मक कक्षाहरू । सुन्दर, कलात्मक । वैज्ञानिक । क्याम्पसमै तयार गरिएका फलपूmल र कफी लिएपछि हामी बिदा भयौं ।नरायणगढ पुग्नु थियो बेलुका । चार बजिसकेको थियो । हामी हुइकियौं । मुङ्गलिन आइपुग्न सकस भयो । बाटा भत्किएका छन् । बनेका छन् । फेरि भत्किएका छन् । ती बर्षै लागेर बनिन्छन्, अनि मिनेटमा भत्किन्छन् । बनाउनेको ‘मालामाल’, हिंडनेको सास्ती । यस्तै सास्तीमा साथीहरू मलाई कराउँदै हुनुहुन्थ्यो, ‘हउ, बूढा । आज चाहिं तपाईंका पात्र छैनन् ?’ पात्र त थिए थुप्रै, तर भन्न मन भएन । बाटो देख्दै मन खिन्न भयो । तैपनि एउटा पात्र थियो — जिरो । शून्य । निराकार । किनभने यही पात्र म पनि थिएँ । ४८ सालमा हिंड्दा पनि यस्तै बाटो हिंडेको । आज ३५ बर्ष पछि पनि उस्तै बाटो हिंड्नु परेको छ । त्यसैले हामी शून्यबाट उदाएर शून्यमै बाँचेर शून्यमै अस्ताउँदा रहेछौं । यस्तै लाग्यो ।
त्यसपछि हामी नारायणगढको रेड कार्पेट होटलमा बास बस्न राति नौ बजे पुग्यौं । क्रमशः दमक, झापा

Author

You may also like