खेल देश–समाज राष्ट्रिय समाचार स्थानीय

एसियन गेम्स क्रिकेटमा नेपालको स्थान सुरक्षित

दमक/ सिंगापुरमा आयोजना गरिएको एसियन गेम्स क्रिकेट क्वालिफायर अन्तर्गत नेपालले मलेसियामाथि शानदार जित निकालेर समूह विजेताका रूपमा एसियन गेम्समा स्थान सुरक्षित गरेको छ ।
बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गर्दै समूह चरणमा आफ्नो दबदबा कायम राख्यो । यस जितसँगै नेपाल समूहको शीर्ष स्थानमा रहँदै आगामी एसियन गेम्सका लागि छनोट हुन सफल भएको हो ।
नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनायो । नेपाली टोलीको जितमा ओपनर कुशल भुर्तेल नायक बने । उनले केवल ५४ बलमा १२६ रनको विस्फोटक शतकीय पारी खेले। आफ्नो उत्कृष्ट इनिङ्समा उनले १४ चौका र ८ छक्का प्रहार गरे। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको तेस्रो शतक हो ।
यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक योगदान दिए। उनले ५ चौका र ७ छक्का प्रहार गर्दै नेपालको स्कोर उकास्न महत्वपूर्ण भूमिका खेले ।
मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पु¥याए। उनले १ चौका र ४ छक्का प्रहार गरे ।
बलिङतर्फ मलेसियाका विरनदीप सिंहले ३ विकेट लिए भने सैयद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे । ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले बलिङमा पनि अनुशासित खेल प्रस्तुत ग¥यो। नेपाली बलरहरूले सुरुदेखि नै मलेसियाली ब्याटरहरूलाई दबाबमा राख्दै लक्ष्य पछ्याउने क्रममा कुनै अवसर दिएनन् ।
खेलभर नेपालले पूर्ण नियन्त्रण कायम राख्यो र मलेसियालाई कुनै पनि चरणमा पुनरागमन गर्ने मौका दिएन। फलस्वरूप मलेसियाली टोली ठूलो अन्तरको हार बेहोर्न बाध्य भयो ।

Author

You may also like