
दमक । नेकपा (एमाले) दमक–८ वडा कमिटीले स्थापना गरेको ‘विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष’मा १ लाख २३ हजार ५ सय ४० रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता कार्यकर्ताहरूले जनाएका छन् । प्राकृतिक तथा मानवीय विपद्मा परेका कार्यकर्तालाई राहत तथा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको उक्त अक्षयकोषको घोषणा कार्यक्रमसँगै सहयोग रकम जुट्न थालेको हो ।
वडा कमिटी अध्यक्ष खेमबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित ‘विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष घोषणा तथा अग्रज कार्यकर्ता सम्मान’ कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले अक्षयकोषको शुभारम्भ गरे । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा अक्षयकोष मस्यौदा समिति संयोजक मनकुमार गदालले ५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै अक्षयकोष अभियानको सुरुवात गरे ।
गदालको परिकल्पनामा स्थापना गरिएको उक्त अक्षयकोषमा दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल ‘दिपेश’ले २० हजार रुपैयाँ, वडा कमिटी अध्यक्ष श्रेष्ठले १५ हजार रुपैयाँ, ज्येष्ठ कम्युनिष्ट कार्यकर्ता रघुनाथ खरेलले ७ हजार ५ सय रुपैयाँ, सम्मानित अग्रज कार्यकर्ता रमेश रिजाल, जिल्ला कमिटी सदस्य राम प्रधान, हरिमाया चुडाल, चक्रबहादुर राई, तिर्थ नेपाल, अनु केसी, रत्नबहादुर गजमेर विश्वकर्मालगायतले ५\५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै पवित्रा देवी कार्कीले आफ्ना बुवा देवीप्रसाद रिजालको स्मृतिमा ५ हजार ५ रुपैयाँ, सालिकग्राम रिजालले स्वर्गीय बुवा नन्दराम रिजालको स्मृतिमा ५ हजार रुपैयाँ, कमला घिमिरेले श्रीमान् लक्ष्मीप्रसाद घिमिरेको स्मृतिमा ५ हजार रुपैयाँ तथा पम्फा दाहालले स्वर्गीय भवानीप्रसाद दाहालको स्मृतिमा ५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् । धृतकुमारी निरौलाले पनि ५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।
कार्यक्रममा लामो समयदेखि पार्टीमा योगदान पु¥याएका पर्शुराम लुइँटेल, रामचन्द्र भण्डारी, लिलम कटुवाल, इन्द्रप्रसाद ढकाल, रत्नबहादुर गजमेर विश्वकर्मा, रमेश कुमार रिजाल, सुशिला गौतम, बमबहादुर नेपाल र जसोदा देवी रिजाललाई सम्मान गरिएको थियो ।
सम्मानित कार्यकर्ताका तर्फबाट बोल्दै रमेश रिजाल र रत्नबहादुर गजमेरले जीवनमा स्मरणीय दिनमध्ये उक्त दिन विशेष रहेको बताए । प्रमुख अतिथि थापाले कार्यकर्ताको हितका लागि राम्रो कामको सुरुवात भएको बताए । वडा अध्यक्ष दाहालले अक्षयकोष सबैका लागि उपयोगी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रस्तुत गरिएको अक्षयकोषको मस्यौदा समेत पारित गरिएको थियो ।