कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

क्लियोपेट्रा इभेन्ट दमकद्वारा आयोजित रियालिटी शोबाट प्रतिभाको उदय

दमक/ झापाको दमकमा आयोजित क्लियोपेट्रा इभेन्टको आयोजनामा मिस आर्टिस्ट्री सिजन ५ र टिन स्टार नेपाल सिजन–२ रियालिटी शो सम्पन्न भएको छ । सो रियालिटी शोको मिस आर्टिस्ट्री सिजन ५ को लिटिल क्याटोगोरीमा कृष्णा गिरी, जुनियरमा आयुष्का राई र टिन्सबाट कञ्चन खतिवडा विजय बनेका छन् । यसैगरी टिन स्टार नेपाल सिजन २ बाट लिटिलमा स्यास्टिम नेम्वाङ, जुनियरबाट स्मारिका लामिछाने टिन्सबाट अदित्य घिमिरे विजयी बनेका छन् ।
ती दुई कार्यक्रमबाट किशोरकिशोरी तथा बालबालिकाको आ–आफ्ना कला प्रस्तुत गर्दै उनीहरुभित्र लुकेको प्रतिभा बाहिर ल्याउने अवसर प्राप्त गरेका थिए । कार्यक्रममा उनीहरुको आ–आफ्नो प्रतिभा र आत्मविश्वासको आकर्षणले कार्यक्रमलाई सार्थकता तुल्याएको महसुस गराएको थियो । क्लियोपेट्रा इभेन्टका सिईओ प्रविन पाठकको नेतृत्वमा ति इभेन्टहरु सम्पन्न भएका थिए । कोरियोग्राफर चिफमा रोशनी दर्नाल रहेकी थिईन भने सभ्यता परिवार कोरियोग्राफरको भूमिकाबाट कार्यक्रम थप आकर्षक देखिएको थियो । ति इभेन्टहरुमा इमेन्ट डाइरेक्टर आयुष्मा परियारले समग्र व्यवस्थापनको जिम्मेवारी सम्हालेर कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । ति इभेन्टका निर्णायक मण्डलमा सुजु राई मेक अप आर्टिष्ट, नुम्सा लिम्बु मिस प्रितिन युनिभर्स एसिया २०२५, दिपेश रिमाल र द नेक्स्ट इजुकेशन कन्सल्टेन्सीका ब्रान्च म्यानेजर, डाक्टर शिला भण्डारी र अन्सुला श्रेष्ठ मोडेल हन्ट फाइनालिष्ट रहेका थिए । सो कार्यक्रम सफल बनाउन पूर्वाञ्चल गहना उद्योग, आस्ना ज्वेलरी, मन्दिप मोबाइल्स, गौरव बुटिक, कल्पना बुटिक, श्रेयन सुटिङ सटिङ र टेलरिङ र मेकअपमा सुजनले सहयोग गरेका थिए । सो अवसरमा जुनियर टिन स्टार नेपाल सिजन २ विजेता स्मारिका लामिछानेलाई सो इभेन्टको ब्राण्ड एम्बेस्डर घोषणा गरिएको थियो । उक्त इभेन्टको मुख्य प्रायोजक दमक खन्जन खेलौनाको होलसेल ।

Author

You may also like